१९ वर्षमुनिको महिला टी–२० विश्वकप खेल्न नेपाली टोली आज मलेसि...
पुस २७, २०८१ शनिबार
श्रीलंकामा एक बौद्ध भिक्षुले एक मुस्लिम मन्त्री र एक गभर्नरको राजीनामा माग गर्दै आमरण अनसन बसेको केही दिनपछि सोमबार त्यहाँका दुई मुस्लिम गभर्नरले राजीनामा दिएका छन् ।
गएको अप्रिलमा इस्टर सन्डेको दिनमा श्रीलंकामा चर्च तथा होटलमा आतंककारी आक्रमण भएको थियो । त्यसपछि त्यहाँ रहेका मुस्लिम संगठनमाथि प्रश्न उठाउन थालिएको थियो । शुक्रबारदेखि एक बौद्ध भिक्षु अतरालिए रतना थिरोले मन्त्री रिशाद बाथिउद्दीन र गभर्नर एएलएएम हिज्बुल्दाह तथा अजत शैलीको राजीनामा माग गर्दै भोक हडताल सुरु गरेका थिए ।
बौद्ध भिक्षु रतना थिरो सांसद पनि हुन् । उनी प्रधानमन्त्री रानिल विक्रमासिंघेको पार्टी यूएनपीबाट संसदमा प्रतिनिधित्व गर्छन् ।
रतना थिरो र अरु केही कट्टर बौद्ध संगठनले मुस्लिम नेताहरुलाई इस्टर सन्डेका दिन गराइएको आक्रमणमा संलग्न भएको आरोप लगाएका थिए । तर मुस्लिम मन्त्री तथा संगठनले यो आरोपको खण्डन गर्दै आएका छन् । रतना थिरो र केही बौद्ध संगठनले मुस्लिम नेताहरुमाथि जाँच हुनुपर्ने माग राख्दै आएका छन् । बौद्ध भिक्षु आमरण अनसन बसेपछि श्रीलंकाका विभिन्न क्षेत्रमा प्रदर्शनसमेत भएको थियो ।
त्यसैलाई मध्यनजर गर्दै सोमबार दिउँसो मुस्लिम समुदायका दुई गभर्नर अजत सैली र हिज्बुल्लाहले राजीनामा दिएका छन् । राष्ट्रपति मैत्रिपाला सिरिसेनाले दुवै जनाको राजीनामा स्वीकार गरेका छन् ।
गभर्नरहरुको राजीनामापछि केन्द्रीय मन्त्रिमण्डलमा रहेका सबै मुस्लिम मन्त्री, उपमन्त्री तथा राज्य मन्त्रीहरुले पनि राजीनामा दिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।