३०३ औँ पृथ्वीजयन्ती मनाइँदै
पुस २७, २०८१ शनिबार
भारतको अनलाइन फूड डेलिभरी एप 'जोम्याटो' ले गएको तीन जुलाईमा एउटा ट्वीट गरेको थियो ।
ट्वीट गर्दै 'जोम्याटो' ले भनेको थियो, ‘साथीहरु, कहिलेकाहीँ घरको खाना पनि खानुपर्छ ।’ यो ट्वीटमा कैयौँ प्रतिक्रिया आए र केही समयमा नै २० हजार बढी लाइक पनि आयो ।
— Zomato India (@ZomatoIN) July 3, 2019
'जोम्याटो' ले गरेको यो ट्वीटलाई हजार जनाभन्दा बढीले प्रतिक्रिया दिएका छन् र अहिलेसम्म झण्डै चार हजार बढीले रिट्वीट गरिसकेका छन् । 'जोम्याटो' को यो ट्वीटमा मानिसहरुले यस्ता प्रतिक्रिया दिएका छन्, जसलाई पढेर प्रयोगकर्ताहरु राेमाञ्चित भए । यस्ता थिए प्रतिक्रियाहरु:
'जोम्याटो' को ट्वीटमा मोविक्विकले प्रतिक्रिया दिँदै लेखेको थियो, ‘कहिलेकाहीँ लाइन बसेर बिजुलीको बिल तिर्नुपर्छ ।’
'यूट्यूब इण्डिया' ले प्रतिक्रिया दिएको छ, ‘साथीहरु, कहिलेकाहीँ रातको तीन बजे मोवाइल फोन साइडमा राखेर सुत्नुपर्छ ।’
'अमेजन प्राइम भिडियोे' ले लेखेको छ, ‘कहिलेकाहीँ केबलमा पनि केही देख्नुपर्छ ।’
यात्रासम्बन्धी एप 'एक्सिगो' ले भनेको छ, ‘साथीहरु, कहिलेकाहीँ घरमा पनि बस्नुपर्छ ।’
फूड एप 'फासोस' ले लेखेको छ, ‘साथीहरु, कहिलेकाहीँ आफैँले खाना बनाउनुपर्छ ।’
'ह्याभ मोर' आइसक्रिमले प्रतिक्रिया दिएको छ, ‘कहिलेकाहीँ मिठोमा मिठाइ पनि खानुपर्छ ।’
'डाबर हजमोला' ले भनेको छ, ‘साथीहरु, कहिलेकाहीँ कुरा पनि पचाउनु पर्छ ।’
'भाइरल फेभर' ले लेखेको छ, ‘साथीहरु, कहिलेकाहीँ घरमा पनि टिभी हेर्नुपर्छ ।’
'क्याशकरो डटकम' ले प्रतिक्रिया दिएको छ, ‘कहिलेकाहीँ क्याशब्याक बिना पनि सपिङ गर्नुपर्छ ।’
अन्त्यमा यो प्रतिक्रियाको सिलसिला रोक्न 'जोम्याटो' ले सबै ट्वीटलाई जोडेर तस्बिर राख्दै ट्वीट गर्यो, ‘साथीहरु, कहिलेकाहीँ आफैँले राम्रो ट्वीट सोच्नुपर्छ ।’
— Zomato India (@ZomatoIN) July 8, 2019
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।