‘एक दशकभित्र दासत्व हटाउन प्रत्येक दिन १० हजार मानिसलाई स्वतन्त्र गरिनुपर्छ’

 साउन १, २०७६ बुधबार १४:५९:२६ | एजेन्सी
unn.prixa.net

एक दशकभित्र आधुनिक दासत्व हटाउने हो भने प्रत्येक दिन १० हजार मानिसलाई स्वतन्त्र गर्नु आवश्यक रहेको एक प्रतिवेदनले देखाएको छ । 

अष्ट्रेलियाको गैर–दासत्व समूह ‘वाक फ्री फाउण्डेसन’ ले बुधबार जारी गरेको प्रतिवेदनका अनुसार अहिले पनि चार करोड बढी मानिसहरु आधुनिक दासत्वको रेखामा रहेका छन् । 

'वाक फ्री' की अनुसन्धान व्यवस्थापक क्याथरिन ब्रायन्टले भनिन्, ‘अहिलेको अवस्था हेर्दा सन् २०३० सम्ममा आधुनिक दासत्व हटाउन सम्भव छैन ।’ संयुक्त राष्ट्रको आउँदो दशकभित्र आधुनिक दासत्व समाप्त गर्ने लक्ष्य पनि पूरा नहुने देखिएको छ । 

संयुक्त राष्ट्रले सन् २०१५ मा यो लक्ष्य लिएको थियो तर 'वाक फ्री' ले भने विश्वभरिबाट दासत्व हटाउने कामको प्रतिफल भने निराशाजनक नै रहेको बताएको छ । 

‘प्रत्येक दिन एक हजार ठूलो संख्या हो तर सरकारले चाहेको खण्डमा यसलाई हजारबाट सयमा झार्न सक्छ’, 'वाक फ्री' का संस्थापक एन्ड्रियु फरेस्टले भने । आधुनिक दासत्व, जुन विश्वभरि नै अभ्यासरत छ । यसमा जबर्जस्ती लगाइएको मजदुरी, जबर्जस्ती विवाह र मानव बेचबिखन पनि पर्दछन् । 

‘झण्डै सय वटा देशमा जबर्जस्ती लगाइएको मजदुरीलाई अपराध मानिँदैन, जसलाई सानो गल्तीका रुपमा लिइन्छ’, 'वाक फ्रि' ले भनेको छ । यद्दपि एकतिहाइ देशले जबर्जस्ती विवाहलाई प्रतिबन्ध लगाएका छन् । 

विश्वका धनी राष्ट्रमध्ये केहीले दासत्वविरुद्ध कदम पनि उठाएका छन् । वाक फ्रीका अनुसार कतार, सिंगापुर, कुवेत, ब्रुनाई र रसियालगायतले दासत्व हटाउन केही प्रयास गरेका छन् । 

अर्काेतर्फ जर्जिया, नाइजेरिया, युक्रेन, मोल्दोभा, इथियोपिया र मोजाम्बिकलगायतत देशले अतिसीमित स्रोत साधनका कारण आधुनिक दासत्व हटाउन असक्षम भएको प्रतिवेदनमा बताइएको छ । 

प्रतिवेदनमा भनिएको छ– आधुनिक दासत्व र मानव बेचविखनविरुद्ध बेलायतले अन्य देशको तुलनामा निकै सुधारात्मक कदम उठाएको छ । 

अन्तिम अपडेट: पुस १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया