३०३ औँ पृथ्वीजयन्ती मनाइँदै
पुस २७, २०८१ शनिबार
ब्लूमबर्गको अर्बपतिको सूचीमा गएको सात वर्षको इतिहासमा बिल गेट्सले दुई नम्बरबाट तल झर्नुपरेको थिएन । तर माइक्रोसफ्ट कर्पका सह-संस्थापक बिल गेट्स सात वर्षको अवधिमा पहिलो पटक तेस्रो नम्बरमा झरेका छन् ।
फेशन कम्पनी लुई विटाेन (एलभी) का मालिक बर्नार्ड अर्नल्ट कुल सम्पत्ति १०७ दशमलव ६ बिलियन डलरका साथ अर्बपति सूचीको दोस्रो नम्बरमा परेका हुन् । उनको सम्पत्ति बिल गेट्सकाे भन्दा २०० मिलियन डलर बढी छ । बिल गेट्सको कुल सम्पत्ति १०७ बिलियन डलर छ ।
अर्नल्टले सन् २०१९ मा ३९ बिलियन डलर जोड्दै दोस्रो नम्बरमा परेका हुन् । उनी ब्लूमबर्गको सूचीमा पाँच सय जनामध्ये सर्वाधिक व्यक्तिगत कमाइ गर्नेमा परेका छन् ।
अर्बपति सूचीको पहिलो नम्बरमा भने अमेजनका संस्थापक तथा प्रमुख जेफ बेजोस छन् । उनको कुल सम्पत्ति १२५ बिलियन डलर छ ।
ब्लूमबर्गका अनुसार बिल गेट्सले कुनै पनि संस्थालाई रकम दान नगर्ने हो भने उनी यो सूचीको पहिलो नम्बरमा हुन्छन् । उनले बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेशनबाट ३५ बिलियन डलर दान गरिसकेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।