सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
चार जना अमेरिकी कांग्रेस महिलामाथि राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादास्पद टिप्पणीपछि पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाकी पत्नी मिशेल ओबामाले पनि टिप्पणी गरेकी छिन् ।
मिशेल ओबामाले अमेरिकी राष्ट्रपति ट्रम्पलाई अमेरिका सबैको भएको बताएकी छिन् । उनले भनेकी छिन्, ‘विविधताले नै हाम्रो देशलाई महान बनाएको छ । चाहे हामी अमेरिकामै जन्मिएका हौँ अथवा प्रवासी हौँ, अमेरिका हामी सबैको लागि हो । हामीले यति याद राख्नुपर्छ कि अमेरिका न मेरो हो, न तिम्रो हो । यो हामी सबैको अमेरिका हो ।'
डेमोक्रेटिक पार्टीकी चार जना कांग्रेस महिलामाथि टिप्पणी गरेपछि ट्रम्पको आलोचना जारी छ । ट्रम्पले यदि चार जना महिलाहरु अमेरिकामा खुशी छैनन् भने उनीहरु जहाँबाट आएका हुन् त्यतै जान सक्ने बताएका थिए । डेमोक्रेटिक पार्टीको बहुमत भएको हाउस अफ् रेप्रिजेन्टेटिभले ट्रम्पको टिप्पणीलाई लिएर जातिवाद भएको भन्दै उनको निन्दा गरिएको थियो ।
के थियाे विवाद ?
ट्रम्पले ट्वीट गर्दै भनेका थिए, ‘डेमोक्रेटिक्स आफैँ चार जना प्रगतिवादीलाई दूर गर्न चाहन्थ्यो तर अब अंकमाल गर्न बाध्य छ । यसको मतलब उनीहरु समाजवादको समर्थन गरिरहेका छन् । इजरायल र अमेरिकाबाट तिरस्कार डेमोक्रेटिकको लागि ठिक होइन ।'
ट्रम्पले कांग्रेस महिला तथा डेमोक्रेटिक पार्टीकी नेतृ अलेक्जेन्ड्रिया ओकासियो कोर्टेज, इलहाम ओमार राशिदा तलेब र अयन्ना प्रेसलाई इंगित गर्दै जातिवादी टिप्पणी गरेका थिए । त्यसपछि उनीहरुको पत्रकार सम्मेलन गर्दै ट्रम्पको ट्वीटको निन्दा गर्दै उनलाई स्पष्टरुपमा पद छोड्न भनेका थिए ।
ओमारले भनेकी थिइन्, ‘ट्रम्प यस्ता राष्ट्रपति हुन्, जसले इतिहासकै भ्रष्ट प्रशासनको रेखदेख गरिरहेका छन् । ट्रम्प हाउस अफ रेप्रिजेन्टेटिभमा चुनिएका सबै रंगका महिलामाथि जातिवानी आक्रमण गरिरहेका छन् । यो श्वेत राष्ट्रपतिको एजेण्डा हो । चाहे यो च्याट रुममा भैरहेको छ या राष्ट्रिय टिभीमा भैरहेको छ । र यो अब व्हाइट हाउसको बगैँचामा पुगेको छ ।'
ट्रम्पले यी चार जना महिलालाई निशाना बनाउँदै अमेरिकालाई कसरी चलाउनुपर्छ यसबारेमा बोल्नुअघि उनीहरु जहाँबाट आएका हुन्, त्यहाँको सरकार पूर्णरुपमा सकिएको बताएका थिए । ट्रम्पको यही टिप्पणीलाई डेमोक्रेटिक पार्टीले जातिवादी मानेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।