केही नेपाल ऐन, भूमि र लगानीसम्बन्धी अध्यादेश ल्याउने सरकारको ...
पुस २७, २०८१ शनिबार
भारतको कर्नाटक राज्यमा केही दिनदेखि चलिरहेको राजनीतिक नाटक समाप्त भएको छ ।
कर्नाटकमा कांग्रेस–जनता दल सेक्युलर(जेडीएस) गठबन्धनको सरकार ढलेको छ ।
कर्नाटक विधानसभामा विश्वासको मत लिन नसकेपछि एचडी कुमारास्वामी नेतृत्वको सरकार ढलेको हो । जेडीएस–कांग्रेस गठबन्धनले संसदमा आफ्नो बहुमत सिद्ध गर्न नसकेपछि बीजेपीलाई सरकार बनाउने बाटो खुलेको छ ।
संसदमा भएको मतदानमा जेडीएस–कांग्रेस गठबन्धनले मात्र ९९ मत प्राप्त गर्याे भने बीजेपीले १०५ मत प्राप्त गर्याे । बीएस येदुयरप्पाको नेतृत्वमा बीजेपीले कर्नाटकमा सरकार बनाउने तयारी गरिसकेको छ ।
विश्वासमतका समयमा १९ सांसदले सदनको कारबाहीमा सहभागी नहुने निर्णय लिएका थिए । त्यसैले सदनको संख्या २२४ बाट घटेर २०४ भएको थियो ।
कांग्रेस र जेडीएसले १६ जना बागी सांसदलाई मनाउन नसकेपछि संसदको विश्वासको मत जित्न सकेन । कांग्रेसका १३ र जेडीएसका ३ गरी १६ सांसद बीजेपीमा प्रवेश गर्ने तयारीमा रहेका छन् ।
संसदमा मतदान हुनअघि सम्बोधन गर्दै मुख्यमन्त्री कुमारास्वामी निकै भावुक भएका थिए । उनले कर्नाटकका नागरिकसँग माफी माग्दै आफू राजनीतिमै आउन नचाहेको बताएका छन् । विश्वासमत प्राप्त गर्न नसकेपछि उनले मुख्यमन्त्री पदबाट राजीनामा दिने बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।