सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
पाकिस्तानले एक वर्षमै १६ अर्ब डलर बराबरको विदेशी ऋण लिएको छ । यो ऋण पाकिस्तानकै इतिहासमा सबैभन्दा धेरै हो ।
अन्तर्राष्ट्रिय कर्जा भुक्तानमा दोषी ठहरिनबाट बच्न र आयात बिलको भुक्तान गर्न पाकिस्तानले यस्तो गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
पाकिस्तानले आर्थिक वर्ष २०१८/२०१९ मा १६ अर्ब अमेरिकी डलर विदेशी कर्जा लिएको थियो । जसमा ११ महिनाको कार्यकाल वर्तमान प्रधानमन्त्री इमरान खानको सरकारको रहेको छ ।
१६ अर्ब डलर कर्जामध्ये इमरान खानको सरकारले आफ्नो कार्यकालमा १३ दशमलव ६ अर्ब डलर कर्जा लिएको हो । यो रकम कुनै पनि सरकारको एक वर्षभित्रमा सबैभन्दा ठूलो विदेशी कर्जा हो । बाँकी २ दशमलव १ अर्ब डलर सन् २०१८ जुलाई महिनामा पाकिस्तानको कामचलाउ सरकारले लिएको थियो ।
आर्थिक वर्ष २०१८/०१९ को अन्त्य पछिल्लो महिनाको जुलाईमा भएको थियो र एकै वर्षामा कर्जा १६ अर्ब डलरसम्म पुग्यो । यो कर्जामा साउदी अरब, संयुक्त अरब इमिरेट्स र कतारको ५ अर्ब डलर पनि छ ।
पाकिस्तानको प्रमुख अखबार एक्सप्रेस 'ट्रिब्यून' का अनुसार वित्त मन्त्रालयले जारी गरेको तथ्यांकमा साउदी अरब, संयुक्त अरब इमिरेट्स र कतारबाट लिइएको छ अर्ब डलर कर्जाको रुपमा लिइएको छैन ।
सुरुवातमा चीनको २ अर्ब डलर सहयोगलाई पनि विदेशी कर्जामा राखिएको थिएन तर अन्तर्राष्ट्रिय मुद्रा कोषको दबावमा पाकिस्तानले आफ्नो कदम सच्याएको थियो । आर्थिक वर्ष २०१७/०१८ मा पाकिस्तानले ११ दशमलव ४ अर्ब डलर विदेशी कर्जा लिएको थियो ।
१६ अर्ब डलरको ४२ प्रतिशत हिस्सा अर्थात् ६ दशमलव ७ अर्ब डलर कर्जा पाकिस्तानले चीनसँग लिएको हो । जसमध्ये २ दशमलव ५४ अर्ब डलर व्यवसायिक कर्जा, १ दशमलव ६ अर्ब डलर सीपीईसी चीन–पाकिस्तान आर्थिक कोरिडोर (सीपीईसी), २ अर्ब डलर एसएएफई डिपोजिट र ६२ दशमलव करोड डलर कराची न्यूक्लियर पावर प्लान्ट्सको लागि थियो ।
त्यस्तै आर्थिक वर्ष २०१७/०१८ मा चीनले पाकिस्तानलाई ४ दशमलव ५ अर्ब डलर कर्जा दिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।