‘जय श्री राम’ को नाराले हिंसा बढेकाे भन्दै ४९ जना सेलिब्रेटीले लेखे प्रधानमन्त्री माेदीलाई चिठी

 साउन ९, २०७६ बिहीबार १४:३५:२२ | एजेन्सी
unn.prixa.net

भारतका चर्चित सेलिब्रेटीहरुले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पछिल्ला केही दिनमा दलित र अल्पसंख्यकमाथि बढिरहेको अपराध, हत्या र अपराधको मुद्दामा चिठी लेखेका छन् । 

चिठीको माध्यमबाट ४९ जना सेलिब्रेटीहरुले अपराधीविरुद्ध के कारबाही गर्नुभएको छ? भनेर प्रश्न गरेका छन् । साथै चिठीमा ‘जय श्री राम’ को नारालाई उक्साहटको रुपमा लिएका छन् ।  

सामाजिक कार्यकर्ता, चलचित्र निर्माता र कलाकारहरुले प्रधानमन्त्री मोदीलाई लेखिएको पत्रमा यस्तो कदम रोक्न माग गरेका छन् । ‘राम को नाममा देशभर हिंसा भैरहेको छ, ‘जय श्री राम’ को नारा युद्धघोष बनिसकेको छ’, प्रधानमन्त्री मोदीलाई लेखिएको चिठीमा भनिएको छ । 

नेशनल क्राइम रेकर्ड ब्यूरो (एनसीआरबी) को एक रिपोर्टको तथ्यांक साभार गर्दै सन् २००९ जनवरी १ देखि अक्टोबर २०१८ को अवधिमा देशमा धर्मको आधारमा घृणाजन्य (मब लिन्चिङ) अपराधको २ सय ५४ वटा मुद्दा सार्वजनिक भएका छन् । 

त्यस्तै सन् २०१६ मा दलितमाथिको अत्याचार गरिएको ८ सय ४० वटा विषय सार्वजनिक भएका छन् । ‘प्रधानमन्त्रीज्यू ! तपाइँले अपराधीविरुद्ध के कदम चाल्नुभएको छ?’, चिठीमा सोधिएको छ । 

प्रधानमन्त्रीलाई चिठी लेख्ने सेलिब्रिटीहरुमा दक्षिण भारतका फिल्म निर्देशक अदूर गोपाल कृष्णन, मणि रत्नम, फिल्म निर्देशक अनुराग कश्यप, बिनायक सेन, मौमित्रो चटर्जी, अभिनेत्री अपर्णा सेन, फिल्म निर्देशक श्याम बेनेगल, रुपम इस्लाम, अनुपम रोयलगायत रहेका छन् ।   

यस्ताे छ प्रधानमन्त्री माेदीलाई लेखिएकाे पत्र-

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया