१९ वर्षमुनिको महिला टी–२० विश्वकप खेल्न नेपाली टोली आज मलेसि...
पुस २७, २०८१ शनिबार
भारतको सानो हिमाली राज्य उत्तराखण्डको १३२ ओटा गाउँमा गएको तीन महिनामा एउटा पनि बालिका नजन्मेको एक प्रतिवेदनले देखाएको छ ।
यो प्रतिवेदन सार्वजनिक भएसँगै सरकारलाई यसबारेमा अनुसन्धान गर्न दबाव पुगेको छ । ‘नो गर्ल भिलेज अर्थात् बालिकाबिनाको गाउँ उत्तर काशीको हो । जहाँ ५५० गाउँ र पाँच ओटा शहरमा गरी चार लाख मानिसहरु बसोबास गर्दछन् ।
धेरै इलाका पहाडी र दुर्गम क्षेत्रका रहेका छन् । यो तथ्यांकले एउटा देशको भयानक लैङ्गिक अनुपातलाई देखाएको छ । अवैधानिक लिङ्ग छनोट, गर्भपतनको कारण यस्तो डरलाग्दो तथ्यांक सार्वजनिक भएको बताइएको छ ।
आशा गरौँ यो पूर्ण रुपमा सत्य होइन ।
प्रतिवेदनका अनुसार १३२ ओटा गाउँमा गएको अप्रिल र मे महिनाको अन्तरालमा २१६ जना बालक जन्मिँदा एक जना पनि बालिका जन्मिएका छैनन् । त्यस्तै १२९ ओटा अन्य गाउँमा यही महिनाको अन्तरमा १८० जना बालिका जन्मिँदा एक जना पनि बालकको जन्म नभएको तथ्यांकले देखाएको छ ।
यसैगरी १६६ ओटा अन्य गाउँमा भने मिश्रित तथ्यांक सार्वजनिक भएको हो । ती गाउँमा तीन महिनाको अवधिमा ८८ जना बालिका र ७८ जना बालकको जन्म भएको तथ्यांकले देखाएको छ ।
समग्रमा उत्तरकाशीमा गएको अप्रिल र जुन महिनाको अवधिमा ९६१ जनाले जन्म लिएका छन् । जसमा ४७९ जना बालिका र ४६८ बालक रहेका छन्, बाँकी रहेको संख्या सम्भवतः जन्मनेबित्तिकै मृत्यु भएको पनि हुनसक्छ ।
यो संख्या १ हजार जना पुरुषको तुलनामा १ हजार २४ जना महिला हुन्छ, जुन अनुपात राष्ट्रिय औसतभन्दा धेरै छ । भारतको महिला र पुरुषको राष्ट्रिय औसत ९३३ महिलाको तुलनामा १ हजार पुरुष छ ।
अधिकारीहरुले भने सञ्चारमाध्यमहरुले स्वयंसेवी स्वास्थ्य तथ्यांक संकलनकर्ताहरुको सहयोगमा आफूखुशी प्रस्तुत गरेको बताएका छन् । झण्डै ६ सय जना स्वयंसेवकहरुलाई ती क्षेत्रमा रहेका गर्भवती महिला, शिशुको जन्मका साथै खोप र परिवार नियोजनका कार्यक्रम सञ्चालन गर्ने जिम्मा दिइएको थियो ।
‘मलाई लाग्छ सञ्चारमाध्यमहरुले छोरी नै नजन्मिएको समाचारलाई गलत ढंगले प्रस्तुत गरेका हुन् । हामीले यो विषयमा अनुसन्धान गर्न टिम बनाइसकेका छौँ', जिल्लाका वरिष्ठ अधिकारी आशिष चौहानले भने ।
पहिलो कुरा त यो तथ्यांक नै अपूरो र गलत हुनसक्छ, स्वास्थ्यकर्मीहरु पनि चुकेका हुनसक्छन् । कुनै एक गाउँमा छोरा मात्रै र अर्काे गाउँमा छोरीको मात्रै संख्या पनि गणना गरिएको हुनसक्छ ।
दोस्रो कुरा, उत्तरकाशीमा थोरै जनसंख्या रहेको छ । एउटा गाउँको औसत जनसंख्या ५०० छ, केही ग्रामीण भेगका गाउँको औसत जनसंख्या झण्डै १०० छ । स्वास्थ्य अधिकारीहरुले एउटा सानो गाउँमा १०/१५ वटा घर भएको हुनसक्ने र ती गाउँमा एउटा मात्र लिङ्गका मात्रै शिशु भएको तथ्यांकले ‘विशेष अर्थ नराख्ने बताएका छन् ।
‘यदी केही गाउँमा बालिकाको जन्म नै नभएको भए त्यसले जिल्लाकै लैङ्गिक अनुपातमा प्रभाव पर्ने थियो, चौहानले भने ।
स्थानीयहरुले भने छोरा र छोरीमा विगतको इतिहास हेर्दा केही भिन्नता भएको र उचित लैङ्गिक अनुपातमा जोड दिने गरेको बताएका छन् ।
‘बालक होस् या बालिका, हामी उनीहरु स्वस्थ र खुशी रहोस् भनेर प्रार्थना गर्छौं', स्थानीय महिला रोशनी रावतले भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सलाई भनिन् ।
यी गाउँमा महिलाहरु पुरुषले भन्दा धेरै काम गर्ने गर्दछन् । खेतमा काम गर्ने, घाँस काट्ने, गाइ दुहुने, खाना पकाउने र घरका सबै काम महिलाले गर्ने गर्दछन् । पुरुषहरुमा मदिरा लत छ ।
अधिकारीहरुले केही वर्षयता ती गाउँका महिलाहरुको भ्रूणहत्याको तथ्यांक नभएको बताएका छन् । जिल्लाभरि तीन ओटा अल्ट्रासाउण्डका उपकरण छन्, तर ती सरकारी क्लिनिकहरुमा मात्र छन् ।
जनसंख्याले खाशै प्रभाव नपार्ने भएकोले गैरकानुनी भ्रूणहत्याको दर पनि उच्च नरहेको चौहानले बताए ।
तर एउटा चिन्ताजनक कुरा पनि छ ।
गएको अप्रिल र जुन महिना ९६१ जन्म मध्ये २०७ जन्म घरमा नै भएको तथ्यांक रहेको छ । बाँकी रहेको जन्म संख्या अस्पताल र क्लिनिकमा भएको हो । तीमध्ये १०९ जना बालक र ९३ जना बालिका रहेका छन्, यसले जिल्लाको लैङ्गिक अनुपातमा नै उथलपुथल गरिदिएको छ ।
‘यो तथ्यांक अलि आश्चर्यजनक छ । हामी अनुसन्धान गर्नुपर्छ । एम्बुलेन्स र क्लिनिक नपुगेका दुर्गम क्षेत्रका गाउँमा घरमा नै शिशुको जन्म हुने अवस्था छ, जिल्लाका वरिष्ठ चिकित्सक अधिकारी चन्दनसिंह रावतले भने ।
अबका केही हप्तामा हामीले हराइरहेका बालिका का बारेमा अझ बढी थाहा पाउन सक्छौँ ।
यही समाचारमा बीबीसीमा पढ्न यहाँ क्लिक गर्नुहाेस्
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।