१९ वर्षमुनिको महिला टी–२० विश्वकप खेल्न नेपाली टोली आज मलेसि...
पुस २७, २०८१ शनिबार
भारतकाे जम्मू–कश्मीरमा सुरक्षा बलसँगको भीडन्तमा दुई जना आतंकवादीको मारिएकाे भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतीय सञ्चारमाध्यम प्रेस ट्रस्ट अफ इण्डिया (पीटीआई) का अनुसार शोपियाँ जिल्लामा सुरक्षा बल र आतंकवादीबीच भिडन्त भएको थियो । भिडन्तमा पाकिस्तानी आतंकवादी संगठन जैश ए मोहम्मदका शीर्ष कमाण्डर मुन्ना लाहौरी र उनका साथी तथा स्थानीय आतंकवादी मारिएका हुन् ।
प्रहरीका अनुसार पाकिस्तानमा बसोवास गर्ने लाहौरी (बिहारी) काश्मीरमा कैयौँ मानिसहरुको हत्यामा संलग्न थिए । लाहौरीले जैश-ए-मोहम्मद संगठनमा मानिसहरुलाई भर्ती गर्ने काम पनि गर्दथे ।
एक प्रहरी अधिकारीका अनुसार शोपियाँको बोनबजार क्षेत्रमा आतंकवादीहरु रहेको समाचार प्राप्त भएपछि खोज्न सुरु गरेको थियो । त्यसपछि सुरक्षा बल र आतंकवादीबीच भिडन्त भएको थियो । भिडन्तपछि सशस्त्र बलले हतियार र विस्फोटक सामग्री बरामद गरेको थियो ।
प्रधानमन्त्री नरेन्द्र माेदीले केन्द्रीय सरकारको सत्ता सम्हालेपछि अहिलेसम्म जम्मू–कश्मिरमा ९६३ जना आतंकवादी मारिएका छन् । यही क्रममा आतंकवादीविरुद्धकाे कारबाहीमा ४१३ जना सुरक्षाकर्मीले ज्यान गुमाएका छन् ।
सरकारका अनुसार यो वर्ष सीमा क्षेत्रमा हुने घटनामा पछिल्लो वर्षको तुलनामा ४३ प्रतिशतले कमी आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।