यमनको सैनिक परेडमा मिसाइल र ड्रोनमार्फत आक्रमण, ३२ जनाको मृत्यु

 साउन १७, २०७६ शुक्रबार ७:५४:२२ | एजेन्सी
unn.prixa.net

यमनको सैनिक परेडमा हुथी विद्रोहीहरुले आक्रमण गर्दा ३२ जनाको ज्यान गएको छ भने दर्जनभन्दा बढी घाइते भएका छन् । 

विद्रोही समूहले सैनिक परेडमा मिसाइल र ड्रोनमार्फत आक्रमण गरेका थिए । हुथी विद्रोहीद्वारा सञ्चालित एक टेलिभिजन च्यानलका अनुसार दक्षिणी क्षेत्रको तटीय शहर अदनमा चलिरहेको सैनिक परेडमा आक्रमण गरेको बीबीसीले उल्लेख गरेको छ ।

अदन शहर यमनको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारको शक्ति केन्द्र हो ।

यसअघि पनि अदन शहरको एउटा प्रहरी कार्यालयमा आत्मघाती बम आक्रमण हुँदा १० जनाको ज्यान गएको थियो । सैनिक परेड र प्रहरी कार्यालयमा भएको आक्रमणको सम्बन्ध एकआपसमा जोडिएको छ कि छैन भन्ने बारे अहिलेसम्म जानकारी प्राप्त भएको छैन ।

आक्रमणको दृश्य निकै दर्दनाक रहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । एक प्रत्यक्षदर्शीले समाचार एजेन्सी रोयटर्ससँग भनेका छन् ‘शवका टुक्राहरु जमिनमा छरिएका थिए र केही सैनिकहरु रोइरहेका थिए ।’

सन् २०१५ को मार्च महिनामा हुथी विद्रोहीहरुले देशको पश्चिमतर्फको ठूलो क्षेत्र कब्जा गरेका थिए । त्यसपछि तत्कालीन राष्ट्रपति अबद रबू मन्सुर हादी यमन छाडेर भाग्न बाध्य भएका थिए । त्यसयता यमन युद्धग्रस्त बनेको छ ।

अन्तिम अपडेट: पुस १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया