१९ वर्षमुनिको महिला टी–२० विश्वकप खेल्न नेपाली टोली आज मलेसि...
पुस २७, २०८१ शनिबार
उत्तर कोरियाले फेरि क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तरले दक्षिणी हवाङहाइ प्रान्तबाट समुन्द्रमा लक्षित गरी मंगलबार बिहान दुई वटा क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाले जनाएको हो ।
अमेरिका र दक्षिण कोरियाबीच संयुक्त सैन्य अभ्यास हुन लागेकाले उत्तर कोरिया रुष्ट बनेको छ । त्यसैको प्रतिक्रिया स्वरुप उसले गएको बुधबार र शुक्रबार पनि क्षेप्यास्त्र परीक्षण गरेको थियो ।
यी मिसाइल कस्ता किसिमका हुन् भन्ने नखुले पनि निरन्तरको प्रक्षेपणले अमेरिकालाई दबाब दिन यस्ता प्रक्षेपण भइरहेको हुन सक्ने बताइएको छ ।
अमेरिका र दक्षिण कोरियाले सोमबारदेखि सुरु गरेको संयुक्त सैन्य अभ्यासका विषयलाई लिएर उत्तर कोरिया आक्रामक बन्दै आएको बीबीसीले उल्लेख गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।