केही नेपाल ऐन, भूमि र लगानीसम्बन्धी अध्यादेश ल्याउने सरकारको ...
पुस २७, २०८१ शनिबार
जर्मन क्लब बायर्न म्यूनिखले बार्सिलोनाका ब्राजिलियन मिडफिल्डर फिलिप काैटिन्हो अनुबन्ध गर्न सहमत भएको छ ।
जर्मन जायन्ट बायर्नले उनलाई एक सिजनका लागि लोनमा भित्राउन लागेको हो । यद्यपि एक वर्षको लोनपछि बायर्नले चाहेको खण्डमा काैटिन्हो स्थायी रुपमा अनुबन्ध हुन सक्नेछन् ।
अघिल्लो वर्षमात्र काैटिन्हो १४२ मिलियन पाउण्डमा लिभरपुलबाट बार्सिलोना आएका थिए । ७६ खेलमा २१ गोल गरे पनि काैटिन्होबाट क्लबले अझ बढी अपेक्षा गर्दै आएको थियो । फलस्वरुप उनी युरोपका ठूला क्लबहरुमा जाने कुरा चलेको थियो ।
यसक्रममा बार्सिलोनाले फ्रेन्च क्लब पीएसजीबाट नेयमारलाई ल्याउन पनि प्रयास गरेको थियो । नेयमारलाई फिर्ता गराउनका लागि बार्सिलोनाले ९२ मिलियन पाउण्ड र कउटिन्हो दिने गरी प्रस्ताव गरेको थियो । जुन प्रस्तावलाई पीएसजीले अस्वीकार गर्यो ।
उनलाई टोटनह्याम, आर्सनल र लिभरपुलमा अनुबन्ध गर्नका लागि पनि प्रयास भएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।