सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
हङकङमा जारी प्रदर्शनले हिंसात्मक रुप लिएको छ । प्रदर्शनकारीहरुले प्रहरी अधिकारीमाथि लट्ठी र फलामको रडले आक्रमण गरेपछि प्रदर्शनले हिंस्रक रुप लिएको हो ।
प्रहरीले ३६ जनालाई गिरफ्तार गरेको छ । प्रस्तावित ‘सुपुर्दगी विधेयक’ विरुद्ध सुरु भएको विरोध प्रदर्शनले चिनियाँ समर्थक सरकारलाई निशाना बनाएपछि यसले हिंसाको रुप लिएको हो ।
प्रदर्शनकारीहरु गएको तीन महिनादेखि सरकारको विरोधमा सडकमै छन् र यो क्रममा उनीहरुको प्रदर्शनले हिंसाको रुप लिएको छ ।
सुएन वान जिल्लाको नजिकै रहेको एक स्टेडियममा आइतबार प्रदर्शनकारीहरुले र्याली निकालेका थिए । पानी परेको भए पनि ठूलो संख्यामा मानिसहरु र्यालीमा सहभागी भएका थिए । त्यही क्रममा कट्टरपन्थी प्रदर्शनकारीहरुको एक समूहले प्रहरीलाई रोक्नको लागि सडकमा अस्थायी अवरोध सिर्जन गरे ।
र्यालीपछि प्रहरी र प्रदर्शनकारीहरुबीच झडप पनि भयो । प्रहरीले प्रदर्शनकारीहरुको भिडलाई तितर-बितर गर्न चेतावनी दिँदै पहिला झण्डा देखायो र त्यसपछि अश्रुग्यास प्रहार गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।