कतारी रियाल बाहेक सबै विदेशी मुद्राको भाउ घट्यो

 भदौ २४, २०७६ मंगलबार ११:३९:३५ | उज्यालो सहकर्मी

काठमाण्डौ – मंगलबार कतारी रियाल बाहेक सबै विदेशी मुद्राको भाउ घटेको छ । 

मंगलबार नेपाल राष्ट्रबैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ १३ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०३ पैसा तोकेको छ । हिजो खरिददर ११४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०६ पैसा थियो ।

 साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५१ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा पुुगेको छ । हिजो पनि साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ५१ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा नै थियो । 

यस्तै आज कतारी रियालको भाउ भने केही बढेको छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५९ पैसा तोकेको छ । हिजो यसको १ को खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा थियो । 

आज ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ ६० पैसा छ । सोमबार ओमानी रियाल १ को खरिददर २९४ रुपैयाँ ६८ पैसा थियो ।

यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा छ । हिजो खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा थियो । 

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ३७ पैसा बिक्रीदर २७ रुपैयाँ ५२ पैसा पुगेको छ । हिजो पनि खरिददर २७ रुपैयाँ ३८ पैसा बिक्रीदर २७ रुपैयाँ ५२ पैसा नै थियो । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६० पैसा र बिक्रीदर ९ रुपैयाँ ६५ पैसा पुगेको छ । हिजो पनि कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६० पैसा र बिक्रीदर ९ रुपैयाँ ६५ पैसा नै रहेको थियो ।

आज कुवेती दिनार १ को खरिददर ३७६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ५७ पैसा पुगेको छ । हिजो खरिददर ३७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ६१ पैसा थियो ।

यस्तै बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ०७ पैसा पुगेको छ । हिजो खरिददर ३०३ रुपैयाँ ५३ पैसार र बिक्रीदर ३०५ रुपैयाँ १२ पैसा थियो ।
 

अन्तिम अपडेट: पुस ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया