सौर्यमण्डल बाहिरको ग्रहमा पहिलाे पटक पानी भेटिएको वैज्ञानिकको दाबी

 भदौ २६, २०७६ बिहीबार १३:५:३९ | एजेन्सी
unn.prixa.net

खगोलविद्ले पानी भएको ग्रह भेटिएको दावी गरेका छन् । निकै परको एउटा ताराको ह्याबिटिएबल जोनलाई परिक्रमा गरिरहेको ग्रहमा पहिलोपटक पानी भेटिएको खगोलविद्ले बताएका हुन् ।

के २ – १८ बी नाम गरेको यो ग्रहमा पानी भेटिएपछि त्यहाँ एलियन वा अरु कुनै प्राणी हुनसक्ने अनुमान गरिएको बीबीसीले जनाएको छ ।

अबको १० वर्षभित्र नयाँ टेलिस्कोपले के २ – १८ बीको पर्यावरणमा जीवित प्राणीबाट उत्पादन भएको ग्यास छ वा छैन भन्ने पत्ता लगाउन सक्ने पनि खगोलविद्ले बताएका छन् ।

वैज्ञानिकहरुले यस ग्रहमा पानी र जीवन जिउने मिल्ने अनुसारको तापमान भेटेका छन् । यो ग्रह पनि पृथ्वी जस्तै भएको र आकारमा पनि कैयाैँ गुणा ठूलो भएको उनीहरुको भनाइ छ । यसलाई सुपर अर्थ पनि भनिन्छ । 

टोरन्टो विश्वविद्यालय क्यानडाका वैज्ञानिकहरुका अनुसार चट्टानी सतह भएको यो ग्रहमा जीवन जिउने सम्भावना धेरै छ । शोधकर्ताहरुका अनुसार 'के २–१८ बी' अब वायुमण्डलीय अध्ययनका लागि महत्वपूर्ण हुनेछ । 

एक्सोप्लानेट के हो त ? सूर्यको अलावा अरु कुनै तारालाई परिक्रमा गर्ने ग्रह नै एक्सोप्लानेट हो । यो ग्रह हाम्रो सौर्यमण्डलको बाहिर कुनै ताराको परिक्रमा गर्दछ ।

पृथ्वीमा पानीको स्रोत कम हुँदै गएको अवस्थामा यो खबर निकै महत्वपूर्ण मानिएको छ । यस्तो अवस्थामा वैज्ञानिकहरु दोस्रो ग्रहमा जीवनको सम्भावना खोजिरहेका छन् ।

यो ग्रह पृथ्वीबाट ११० प्रकाश वर्ष टाढा छ । 

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया