सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
एसेज शृङ्खलाकाे अन्तिम टेस्टमा इंग्ल्याण्डले दोस्रो पारिमा ७८ रनको अग्रता बनाएको छ ।
२९४ रनमा इंग्ल्याण्डलाई समेटेर पहिलो पारि सुरु गरेको अस्ट्रेलिया २२५ रनमा समेटिन पुग्यो । ओभलमा जारी प्रतियोगिताअन्तर्गत अस्ट्रेलियाको इनिङ्समा यस पटक पनि स्टिभ स्मिथको ब्याटबाट राम्रो रन बनेको थियो । स्मिथले सर्वाधिक ८० रन बनाउँदा मार्नोस लाबुसचेनले ४८ रन बनाए ।
नाथन लियोनले २५ रन बनाउँदा म्याथु वेडले १९ रनको योगदान गरे । अस्ट्रेलियालाई एकैदिनमा समेट्न इंग्ल्याण्डका जोफ्रा आर्चर एक्लैले ६ विकेट लिए ।
साम कुरानले तीन तथा क्रिस वक्सले १ विकेट हात पारे । दोस्रो दिन नै आफ्नो दोस्रो पारि शुरु गरेको इंग्ल्याण्डले खेल सकिँदासम्म ९ रन जोड्दा कुनै पनि विकेट गुमाएको छैन् । जुन इंग्ल्याण्डको ७८ रनको अग्रता हो ।
टेस्ट च्याम्पियनसिपको रुपमा रहेको यो एसेजमा अस्ट्रेलिया २–१ ले अगाडि रहेको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।