सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
भारतको महाराष्ट्र र हरियाणा राज्यमा भएको विधानसभा चुनावको नतिजा आउने क्रम जारी रहेको छ । पछिल्लो मतपरिणामअनुसार महाराष्ट्रमा भारतीय जनता पार्टी (बीजेपी) नेतृत्वको गठबन्धनले सरकार बनाउने पक्का भएको छ भने हरियाणामा भने त्रिशंकु सरकार बन्ने सम्भावना रहेको छ ।
२८८ सिट रहेको महराष्ट्रमा भारतीय जनता पार्टी(बीजेपी)ले ३७ सिटमा जित हासिल गरेको छ भने ६४ सिटमा अग्रता बनाएको छ । त्यस्तै बीजेपीको गठबन्धनमा रहेको शिव सेनाले २९ ठाउँमा जित हात पार्दा २८ ठाउँमा अग्रता बनाएको छ । त्यस्तै नेसनलस्टि कांग्रेस पार्टीले २० ठाउँमा जित हात पार्दा ३४ ठाउँमा अग्रता बनाएको छ । त्यस्तै भारतीय कांग्रेस भने २० सिटमा जित हात पार्दै २५ सिटमा अग्रता बनाएको छ ।
महाराष्ट्रमा सरकार बनाउन १४५ सिट आवश्यक पर्दछ । महाराष्ट्रमा बीजेपी र शिव सेनाले सरकार बनाउन सक्ने देखिएको छ । सन् २०१४ को विधानसभा चुनावमा बीजेपी एक्लैले १२२ सिटमा जित हात पारेको थियो भने शिव सेनाले ६३ सिटमा जित हात पारेको थियो । कांग्रेसले भने ४२ सिटमा जित हात पारेको थियो ।
त्यस्तै ९० सिट रहेको हरियाणा विधानसभामा बीजेपी केही सिटले मात्रै सरकार बनाउन चुक्ने भएको छ । बीजेपीले २२ सिटमा जित हात पारिसकेको छ भने १८ सिटमा अगाडि रहेको छ । त्यस्तै कांग्रेस १८ सिटमा जित हात पार्दा १३ सिटमा अगाडि रहेको छ । सन् २०१४ को चुनावमा कांग्रेसले मात्रै १५ सिट जितेको थियो भने बीजेपीले ४७ सिटमा जित हात पारेको थियो ।
त्यस्तै जननायक जनता पार्टीले ९ सिट जितेको छ भने एक सिटमा अगाडि रहेको छ । अन्य दल भने ९ सिटमा अगाडि रहेका छन् । हरियाणामा सरकार बनाउन ४६ सिट आवश्यक पर्दछ । यस्तो अवस्थामा हरियाणामा कुनै पनि पार्टीले बहुमत हासिल नगर्ने देखिएकाले साना दलको समथर्न जुटाउन सक्ने पार्टीले नै सरकार बनाउने सम्भावना रहेको छ ।
अक्टोबर २१ मा महाराष्ट्र तथा हरियाणामा विधानसभा चुनाव भएको थियो । यसका अलावा दुई लोकसभा क्षेत्र र विभिन्न राज्यका ५१ वटा विधानसभा क्षेत्रमा उपचुनाव पनि भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।