आज सुदूरपश्चिम र कर्णाली तथा भोलि काठमाण्डौसहित अरु ठाउँमा ह...
पुस २२, २०८१ सोमबार
बारा – छठको लागि निर्माण गरिएको छठी माताको मूर्ति हटाउने विषयमा बुधबार राति बारामा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । कलैया उपमहानगरपालिका–१५ को बकुलहर टोलमा छठी माताको मूर्ति हटाउने विषयमा प्रहरी र स्थानीयबीच झडप हुँदा करिब एक दर्जन घाइते भएका छन् ।
झडपमा प्रहरी निरीक्षक (इन्सपेक्टर) रुद्रबहादुर शाहीसहित सात जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) विकासराज खनालले बताउनुभयो । अन्य केही स्थानीय पनि घाइते भएका छन् । तनावपूर्ण स्थिति नियन्त्रणमा लिन सात राउण्ड अश्रुग्यास प्रहार गरिएको प्रहरी उपरीक्षक खनालले जानकारी दिनुभयो ।
छठ पर्व अगाडि नै जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा छठ सकिनेवित्तिकै मूर्ति हटाउने सहमति भएको थियो तर स्थानीयले नहटाएपछि प्रहरीले हटाउन खोज्दा झडप भएको प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।