ओमानी रियाल, कोरियन वन र रिंगिटको भाउ बढ्यो, अरु मुद्रा घट्यो

 कात्तिक २२, २०७६ शुक्रबार १०:३५:५३ | उज्यालो सहकर्मी

काठमाण्डौ – शुक्रबार ओमानी रियाल, कोरियन वन र मलेसियन रिंगिटको भाउ केही पैसाले बढेको छ । अमेरिकी डलरसहित अरु विदेशी मुद्राको भाउ भने घटेको छ ।

शुक्रबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ २४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८४ पैसा तोकेको छ । हिजो डलरको खरिददर ११३ रुपैयाँ २८ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८८ पैसा रहेको थियो । 

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १९ पैसा र बिक्रीदर ३० रुपैयाँ ३५ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ २१ पैसा र बिक्रीदर ३० रुपैयाँ ३७ पैसा रहेको थियो । 

आज शुक्रबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १० पैसा र बिक्रीदर ३१ रुपैयाँ २७ पैसा रहेको छ । हिजो खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २८ पैसा रहेको थियो । 

आज ओमानी रियाल १ को खरिददर २९५ रुपैयाँ ६६ पैसा रहेको छ । हिजो खरिददर २९४ रुपैयाँ ६५ पैसा रहेको थियो । 

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८३ पैसा र बिक्रीदर ३० रुपैयाँ ९९ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ८४ पैसा र बिक्रीदर ३१  पैसा रहेको थियो । 

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४६ पैसा बिक्रीदर २७ रुपैयाँ ६० पैसा तोकेको छ । हिजो हिजो खरिददर २७ रुपैयाँ ३८ पैसा बिक्रीदर २७ रुपैयाँ ५३  पैसा रहेको थियो  । 

वन १ सयको खरिददर ९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९ रुपैयाँ ८६ पैसा रहेको छ । हिजो खरिददर ९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९ रुपैयाँ ८२ पैसा रहेको थियो ।

कुवेती दिनार १ को खरिददर ३७२ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ८९ पैसा रहेको छ । हिजो खरिददर ३७३ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ०२ पैसा थियो ।

यस्तै बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ ३६ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ९५ पैसा रहेको छ । हिजो खरिददर ३०० रुपैयाँ ४७ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ०६  पैसा रहेको थियो ।


 

अन्तिम अपडेट: पुस ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया