चितवनमा लगाइएको बन्दा र काउलीमा नयाँ रोग
पुस २२, २०८१ सोमबार
बारा – विश्वप्रसिद्ध गढीमाई मेलामा दर्शनार्थीको घुईंचो बढिरहेको छ । बाराको महागढीमाई नगरपालिका १ बरियारपुरमा लागेको मेलामा छिमेकी देश भारतबाट समेत दर्शनार्थी आएका छन् ।
मंसिर १ गतेदेखि सुरु भएको मेलामा १७ र १८ गते बलि दिने साइत भएको गढीमाई मन्दिरका पुजारी मंगल चौधरीले बताउनु भयो । बलिको भाकल गरेका भक्तजनहरुले राँगा ल्याउने क्रम सुरु भएको छ । विभिन्न ठाउँबाट ल्याइएका राँगाहरु गढीमाई नगरपालिका अन्तरगतको मेला संचालन तथा व्यवस्थापन मुल समितिको जिम्मामा गढीमाई मन्दिरको पुर्व तर्फ रहेकोे बलि दिइने स्थानमा राख्न थालिएको छ ।
मेलामा अहिले दिनहुुँ सयौं संख्यामा दर्शनार्थीहरु गढीमाईको दर्शन गर्न आइरहेको मेला व्यवस्थापन मूल समितिका अध्यक्ष सुदामा साहले जानकारी गराउनु भयो । अन्य वर्षको तुलनामा यस वर्षको मेला व्यवस्थित बनाइएको दर्शनार्थीहरुले महशुस गरेका छन् । वासस्थानका साथै खानेपानी र शौचालयको पनि भरपुर व्यवस्था मिलाइएको मेला सञ्चालन मूल समितिका महासचिव मोतीलाल कुश्वाहाले बताउनुभयो ।
मेलामा मनोरञ्जनका साधनको रुपमा विभिन्न खालका पिङ, सर्कस, थिएटरलगायत साधनको व्यवस्था गरिएको गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहले बताउनु भयो ।
मेलामा करिब पाँच सय अस्थायी शौचालयको व्यवस्था गरिएको मेला समितिले जनाएको छ । दर्शनार्थीका लागि मेला स्थलमा पाँचवटा अस्थायी टेण्टको निर्माण गरेर बसोबासकोको व्यवस्था मिलाईएको मेला मूल समितिका अध्यक्ष सुदामा साहले बताउनुभयो । मेलालाई सुरक्षित बनाउन तीन वटा सुरक्षा निकाय परिचालन गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले बताउनु भयो । नेपाल प्रहरीको करिब एक हजार टोली परिचालन गरिएको प्रहरी उपरीक्षक विकासराज खनालले बताउनुभयो ।
भेटीलाई व्यवस्थित गरिने
यो वर्ष चढाइएको गढीमाईको भेटी व्यवस्थित गरिने भएको छ । गढीमाईको मन्दिर नजिकै पुजारी र मेला समितिको स्वयमसेवक खटिएका छन् । गढीमाईलाई चढाइएको भेटी ठूलो बक्सामा जम्मा गर्न थालिएको र मेला सकिएपछि फाँडफाँड गरिने मेला समितिले जनाएको छ ।
जम्मा भएको भेटीबाट ४५ प्रतिशत पुजारी र ५५ प्रतिशत मेला समितिले लिने व्यवस्था मिलाइएको गढीमाई मन्दिर संचालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहले जानकारी गराउनुभयो ।
बलिलाई निरुत्साहित पारिने र परेवालाई संरक्षण गरिने
यस वर्षको मेलामा बलिलाई निरुत्साहित पारिने योजना अनुसार मेला समितिले काम गरिरहेको छ ।
बलिलाई निरुत्साहित गर्न मेला समितिले बलिको सट्टामा आर्थिक सहयोग दिएर भाकल पूरा गर्न सकिने व्यवस्था गरिएको गढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले बताउनुभयो । राँगा बलि दिनुको सट्टा समितिलाई आठ हजार, बोकाको सट्टा चार हजार र परेवाको सट्टामा तीन सय रुपैयाँले गढीमाईलाई चढाउन सकिने समितिले जनाएको छ । बलिलाई निरुत्साहित पार्न पशु कल्याण संघले जनचेतनामुलक कार्यक्रम गरिरहेको छ ।
स्वयंसेवकहरु परिचालन गरेर पशु बलिको सट्टामा फलफूल चढाउन आग्रह गर्न थालिएको पशु कल्याण संघकी अध्यक्ष स्नेहा श्रेष्ठले जानकारी गराउनुभयो ।
गढीमाईको मन्दिरमा चढाइने परेवालाई संरक्षण गर्न थालिएको छ । परेवा संरक्षण गर्न २० जना स्वयमसेवक परिचालन गरिएको छ । परेवा समातेर लैजानेलाई पाँच हजार जरिवाना गराइने मेला समितिले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।