सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डौ – बेलायतमा सत्तारुढ कन्जर्भेटिभ पार्टीले बहुमत ल्याएको छ ।
६ सय ५० सिटमध्ये ६ सय ४२ सिटको अन्तिम मतपरिणाम आउँदा ३ सय ५८ सिटमा कन्जर्भेटिभ पार्टी विजयी भएको छ । बेलायती संसदमा बहुमत ल्याउन ३ सय २६ सिट आवश्यक पर्छ ।
अहिलेसम्म लेबर पार्टीले २ सय ३ सिट जितेको छ । यस्तै एसएनपीले ४८ र लेबर डेमोक्र्याट्सले ११ सिट हात पारेको बीबीसीले जनाएको छ ।
लेबर पार्टीले यो आमचुनावमा पहिले जित्दै आएको ठाउँमा सिट संख्या गुमाएको छ ।
५ वर्षभन्दा कम समयको अवधिमा बेलायतमा यो तेस्रो चुनाव हो । सन् २०१५ र सन् २०१७ मा पनि बेलायतमा चुनाव भएको थियो । त्यस्तै गएको १ सय वर्षमा डिसेम्बर महिनामा भएको यो पहिलो आमचुनाव हो ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफूलाई नयाँ जनादेश प्राप्त भएको बताएका छन् । यो जनादेशबाट युरोपेली युनियनबाट बर्हिगमन हुने ‘ब्रेक्जिट डिल’ लागू गर्ने र बेलायतलाई एकजुट बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
त्यस्तै लेबर पार्टीका नेता जेरेमी कोर्बिनले नतिजाप्रति अफशोच जनाउँदै भने, ‘यो लेबर पार्टीका लागि निकै नै निराशाजनक रात हो ।’
सम्बन्धित समाचार
बेलायत आमचुनाव : बोरिस जोनसोनको कन्जर्भेटिभ पार्टीलाई पूर्ण बहुमत- 'एक्जिट पोल' |
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।