अमेरिकाले इराकबाट आफ्नो सेना फिर्ता नबाेलाउने

 पुष २२, २०७६ मंगलबार ११:४८:४७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकाले इराकबाट आफ्नो सेना फिर्ता नलैजाने बताएको छ ।

इराकी संसदले अमेरिकीसहित सबै विदेशी सेना फिर्ता जानुपर्नेसम्बन्धी प्रस्ताव पारित गरेको तथा इराकमा रहेका अमेरिकी सेनाका जनरलले सेना फिर्ता जानुपर्ने आशयको पत्र पठाए पनि अमेरिकी रक्षा मन्त्री मार्क एस्परले सेना फिर्ता नबोलाउने बताएका हुन् । 

इराकमा तैनाथ रहेको अमेरिकी सैन्य दस्ताका प्रमुख विलियम एम सीलीले संयुक्त अपरेशनका उपनिर्देशक अब्दुल अमिरलाई पठाएको पत्रमा निकट भविष्यमै अमेरिकी सेना फिर्ता लैजाने तयारी गर्नुपर्ने उल्लेख गरेका थिए । 

तर रक्षा मन्त्री एस्परले भने अहिले नै सेना फिर्ता बोलाउने सम्बन्धी कुनै निर्णय नभएको बताएको बीबीसीले जनाएको छ । इराकको राजधानी बगदादमा रहेको विमानस्थलमा गएको शुक्रबार अमेरिकाले गरेको हवाई आक्रमणमा ईरानी सैन्य कमाण्डर कासिम सुलेमानीको ज्यान गएपछि अमेरिका र इरानबीच तनाव बढिरहेको छ ।

घटना लगत्तै इराकले आफ्ना सबै आन्तरिक समस्या आफै हल गर्ने र कुनै पनि देशका सैनिकको उपस्थिति आवश्यक नहुने प्रस्ताव संसदबाट पारित गरेको थियो । 

इराकी प्रधानमन्त्री अब्दुल महदीले इराक आफै आफ्नो आन्तरिक र बाह्य समस्यासँग लड्नसक्ने बताएका थिए । उनले ईरानी सैन्य कमाण्डर मारिनु एक राजनीतिक हत्या भएको प्रस्ट पारेका थिए ।  

यद्यपि यो बाध्यकारी भने होइन । अमेरिकी सैनिकको उपस्थितिलाई भने यसले केही असर गर्ने छैन । यदि विदेशी सैनिकलाई इराक बाहिर गर्न चाहन्छ भने उसले सम्झौता समाप्त गर्ने नयाँ विधेयक ल्याउनु पर्ने हुन्छ । 

प्रधानमन्त्री महदीले भनेका थिए, ‘इराकसँग दुई वटा विकल्प छन् । अमेरिकी सैनिकले देश छोड्न हामी तत्काल नयाँ विधेयक पास गर्नेछौँ या हामी अमेरिकी सैनिकलाई ट्रेडिङसम्म मात्र सीमित गर्नेछौँ’ ।’ 

अन्तिम अपडेट: पुस १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया