सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डौ – इराकमा रहेको अमेरिकी वायु सेनाको शिविरमा फेरि रकेट आक्रमण भएको छ । आक्रमणमा इराकी सेनाका दुई अधिकारी र दुई सैनिक घाइते भएका छन् ।
इराकी सेनाले आइतबार सैनिक शिविरमा आक्रमण भएको जनाएको छ । ‘बगदादबाट झण्डै ८० किलोमिटर उत्तरमा अल–बलाड सैनिक शिवरिमा कम्तीमा ६ वटा रकेट प्रहार भएको छ’, सेनाले जारी गरेको बयानमा गरिएको छ ।
अल–बलाड सैनिक अड्डा इराकमा रहेको अमेरिकी वायु सेनाको प्रमुख शिविर हो । इराकले आफ्नो एफ–१६ लडाकु विमान पनि यही राख्दै आएको छ । यो आक्रमणमा अमेरिकी सैनिकलाई कुनै पनि हानी नपुगेको बताइएको छ ।
अमेरिका र ईरानबीच तनाव बढ्दै गएपछि यहाँबाट धेरैजसो अमेरिकी सैनिकले छोडिसकेका छन् । रकेट कहाँबाट प्रहार भएको थियो भन्ने बारेमा जानकारी प्राप्त भइसकेको छैन ।
ईरानले आफ्नो शीर्ष कमाण्डर कासिम सुलेमानीको हत्यापछि गएको हप्ता यही सैनिक शिविरमा मिसाइल प्रहार गरेको थियो ।
अमेरिकाले इराकको अन्तर्राष्ट्रिय विमानस्थलनजिक क्रुज मिसाइल प्रहार गरेर सुलेमानीको हत्या गरेको थियो । यो घटनापछि अमेरिकी र ईरानबीच तनाव झन् बढ्दै गइरहेको छ ।
पछिल्ला दिनमा इराकमा रहेका अमेरिकी सैनिक शिविरमा आक्रमणको सिलसिला बढिरहेको छ । तर धेरैजसो आक्रमणमा इराकी सैनिक घाइते भएका छन् । यस्तै आक्रमणमा एक अमेरिकी कन्ट्रयाक्टरको ज्यान गएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।