सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डौ – बेलायतकी महारानी एलिजावेथले आफ्ना नाति राजकुमार ह्यारीको फैसलालाई लिएर सहमति जनाएकी छिन् ।
राजकुमार ह्यारीले पत्नी मेगनसँगै शाही परिवारको भूमिकाबाट अलग्गिएर स्वतन्त्ररुपमा क्यानडा र बेलायतमा समय बिताउन चाहेको बताएका थिए ।
बेलायती महारानीले भनिन्, ‘राजकुमार ह्यारी र उनकी पत्नी मेगनको इच्छालाई पूर्णरुपमा समर्थन गर्छु तर उनीहरु शाही परिवारको पूर्णकालिक सदस्य बनिरहँदा राम्रो हुन्छ ।’
साथै महारानी एलिजावेथले आगामी दिनमा राजकुमार ह्यारीले र मेगनले यसबारेमा अन्तिम फैसला लिनेमा आफू विश्वस्त भएको बताइन् ।
गएको बुधबार अप्रत्याशित बयानमार्फत राजकुमार ह्यारीले आफ्नो इन्स्टाग्राम पेजमा आफू र मेगन शाही परिवारबाट अलग्गिएर स्वतन्त्ररुपमा रहन चाहेको इच्छा व्यक्त गरेका थिए ।
बयानमा ह्यारीले भनेका थिए, ‘हामी दुई शाही परिवारको वरिष्ठ सदस्यको हैसियतबाट हट्न चाहन्छौँ र आर्थिकरुपमा स्वतन्त्र हुनका लागि काम गर्न चाहन्छौँ तर महारानीलाई पनि हाम्रो समर्थन रहिरहनेछ ।’
उनको यस्तो बयानपछि शाही परिवारका वरिष्ठ सदस्य राजकुमार ह्यारी र मेगनसँग लगातार कुराकानी गरिरहेका छन् ।
महारानीको तर्फबाट जारी बयानमा भनिएको छ, ‘कुराकानीको प्रक्रियामा प्रिन्स अफ् वेल्स (प्रिन्स चालर्स’ र ड्युक अफ् क्याम्ब्रिज अर्थात् प्रिन्स विलियम पनि सामेल छन् र यो कुराकानी निकै सकारात्मक रहेको छ ।’
महारानी एलिजावेथले भनिन्, ‘म र मेरो परिवार पूर्णरुपमा ह्यारी र मेगनको इच्छालाई समर्थन गर्छाैँ, जो एक युवाजोडीको रुपमा नयाँ जिन्दगी हासिल गर्न चाहन्छन् ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।