सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये केही व्यक्ति उपचारपछि पूर्ण रुपमा निको भएकाे चीन सरकारले जनाएको छ । ६० जना उपचारपछि डिस्चार्ज भएकाे चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगले कोरोनाको लक्षण देखिएको सुरुवाती चरणमै उपचार पाएका व्यक्ति एक हप्तामै निको भएकाे जनाएको हो । सुरुमा ज्वरो आउनु, पछि सुख्खा खोकी लाग्नु र बिस्तारै श्वास फेर्न गाह्रो हुनु कोरोना भाइरसको लक्षण हो ।
यसैबीच कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या एकैदिनमा झण्डै दोब्बरले बढेको पनि चिनियाँ अधिकारीहरुले बताएका छन् । गएकाे आइतबार दुई हजार आठ सय ३५ जनामा कोरोनाको सङ्क्रमण देखिएकोमा साेमबार झण्डै दोब्बरले बढेर चार हजार पाँच सय १५ जनामा कोरोना भएको पुष्टि भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै चीन सरकारले केही शहरमा मास्क लगाउन अनिवार्य गरेको छ । यसैगरी चीनको अध्यागमन विभागले आफ्ना नागरिकलाई सकेसम्म सीमा पार नगर्न पनि आग्रह गरेको छ ।
चीनमा नयाँ शैक्षिक सत्र पनि अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरिएको छ । यस्तै हुबेईबाट बेइजिङ र शङ्घाई शहर पुगेका नागरिकलाई १४ दिनको निगरानीमा पनि राख्न थालिएको छ । हुबेईको वुहान शहरबाट हुने सबै प्रकारको यातायात सेवा बन्द हुँदा जनजीवन कष्टकर बन्दै गएको छ ।
काेराेना भाइरसकाे प्रकाेप बढेपछि फिलिपिन्सले पनि चिनियाँ यात्रुलाई भिसा दिन रोक्ने निर्णय गरेको छ भने अमेरिकासहित केही देशले महत्वपूर्ण काम बाहेक चीन नजान आफ्ना नागरिकलाई सचेत गरेका छन् ।
आफ्नो देशका केही नागरिकमा पनि कोरोनाको सङ्क्रमण देखिएपछि अमेरिकालगायत देशले महत्वपूर्ण काम बाहेक चीन भ्रमणमा नजान अपिल गरेको अन्तर्राष्ट्रियस सञ्चारमाध्यमले जनाएका छन् । ती देशले चीनको वुहानमा रहेका आफ्ना नागरिकलाई फिर्ता लैजाने तयारी पनि गरिरहेका छन् ।
अहिलेसम्म कोरोना भाइरसका कारण चीनमा ज्यान गुमाउनेको सङ्ख्या एक सय ६ जना पुगेको छ भने झण्डै सय जना हुबेईका रहेका छन् । चीन बाहिर अहिलेसम्म ४७ जनामा कोरोना भाइरस भएको विश्व स्वास्थ्य सङ्गठनले पुष्टि गरेको छ ।
अहिलेसम्म थाइल्याण्डमा आठ, अमेरिका, अस्ट्रेलिया, सिङ्गापुर र ताइवानमा पाँच–पाँच, मलेसिया, दक्षिण कोरिमा र जापानमा चार–चार, फ्रान्समा तीन, भियतनाममा दुई तथा नेपाल, क्यानाडा, कम्बोडिया, श्रीलङ्का र जर्मनीमा एक–एक जनामा कोरोना भाइरस भएकाे पुष्टि भएको हो ।
तर अहिलेसम्म चीन बाहेक अरु देशमा कसैको पनि ज्यान गएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।