सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डौ – स्विडेनका दुई जना सांसदले जलवायु परिवर्तनलाई लिएर लड्ने आफ्नै देशकी १७ वर्षीया अभियन्ता ग्रेटा थनबर्गलाई सन् २०२० को नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरेका छन् ।
लेफ्ट पार्टीका सदस्य जेन्स होम र हकन सवेन्नलिङले सोमबार भने, ‘थनबर्गले जलवायु सङ्कट उत्सर्जनलाई कम गर्न राजनीतिज्ञको आँखा खोल्न र पेरिस सम्झौताको पालना गर्न कठोर मेहनत गरेकी छिन्, जुन कदम शान्तिको लागि पहल हो ।’
गएको वर्ष पनि स्विडेनका तीन जना सांसदले ग्रेटा थनबर्गको नाम नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरेका थिए । तर सन् २०१९ को नोबेल शान्ति पुरस्कार इथोपियाका प्रधानमन्त्री अबी अहमदले प्राप्त गरेका थिए ।
सन् २०१५ को पेरिस सम्झौता जलवायु सङ्कटबाट बच्नको लागि महत्वपूर्ण कदम थियो । यसमा गरिब र धनी दुवै राष्ट्रका वर्षाको बदलिँदो शैली, बढिरहेको विश्वको तापक्रम कटौति गर्न कदम चालिएको थियो, जसको माध्यमबाट हिउँ पग्लिने क्रमलाई रोक्न सकिन्थ्यो ।
यसका साथै सम्झौताअनुसार विश्वका देशहरुको दीर्घकालीन औसत तापमान वृद्धिलाई पूर्व औद्योगिक स्तरबाट २ डिग्री सेल्सियसभित्र सीमित गर्ने योजना प्रस्तुत गरिने थियो ।
१७ वर्षीया किशोरी थनबर्गले जलवायु परिवर्तनमा भैरहेको बदलीलाई रोक्न विद्यार्थीहरुलाई प्रदर्शनमा उपस्थित हुन प्रेरित गरिन् । अहिले उनको यो आन्दोलन स्विडेन बाहिर युरोपको अन्य देशमा पनि पुगिसकेको छ ।
साथै उनले भविष्यको आन्दोलनका लागि ई–फ्राइडे को स्थापना गरिन्, जसले अन्य मानिसलाई पनि प्रेरित गर्याे ।
नोबेल पुरस्कारको लागि मनोनयन र छनाेट यसरी गरिन्छ–
राष्ट्रिय राजनीतिज्ञ, अन्तर्राष्ट्रिय अधिकारीहरु, बाैद्धिक वर्ग तथा पूर्व नोबेल पुरस्कार विजेताहरुले उपयुक्त ठानेको व्यक्तिको नाम नोबेल पुरस्कारको लागि मनोनित गर्न सक्छन् ।
नोबेल पुरस्कारको घोषणा हरेक वर्षको अक्टोबरमा हुन्छ र डिसेम्बरमा नर्वेको राजधानी ओस्लोमा पुरस्कार प्रदान गरिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।