सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – भारतकाे दिल्लीको हिंसाग्रस्त इलाकामा सुरक्षाबलले मार्चपास गरेका छन् ।
नागरिकता संशोधन कानुनविरुद्ध भइरहेकोे आन्दोलनले हिंसाको रुप लिएको उत्तर पूर्वी इलाकामा सुरक्षाबलले गरेको मार्चपासमा मुख्यमन्त्री अरविन्द केजरीवाल पनि सहभागी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मार्चपासमा केजरीवालसँगै उपमुख्यमन्त्री मनीष सिसोदिया पनि थिए ।
दिल्ली उच्च अदालतले बुधबार पीडित परिवारसम्म पुग्न सरकार र प्रशासनलाई निर्देशन दिएको थियो ।
उत्तर पूर्वी दिल्लीमा तीन दिनेदेखि भइरहेको हिंसापछि काङ्ग्रेस पार्टीकी अन्तरिम अध्यक्ष सोनिया गान्धीले बुधबार गृह मन्त्रीको राजीनामा मागेकी छिन् ।
पत्रकार सम्मेलनलाई सम्बोधित गर्दै सोनिया गान्धीले भनिन्, ‘सबै स्थितिलाई मध्यनजर गर्दै काङ्ग्रेस कार्यसमितिले हिंसाको पछाडि केन्द्र सरकार र खासगरी गृह मन्त्री जिम्मेवार रहेको निष्कर्ष निकालेको छ ।’
दिल्लीका मुख्यमन्त्री र दिल्ली सरकार शान्ति र सद्भाव बनाइराख्न असफल रहेको भन्दै सोनियाले गृह मन्त्रीको राजीनामा माग गरेकी हुन् ।
यसैबीच दिल्ली प्रहरीले भइरहेको हिंसाविरुद्ध १८ वटा मुद्दा दर्ता गरेको छ । यस्तै एक सय ६ जनालाई पक्राउ गरेको समाचार संस्था पीटीआईले जनाएको छ । गएको सोमबारदेखि सुरु भएको हिंसामा ज्यान गुमाउनेको सङ्ख्या २४ पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।