सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डौ – कोभिड–१९ का कारण अमेरिकाकाे क्यालिफाेर्नियामा पहिलाे व्यक्तिकाे ज्यान गएपछि राज्यले आपत्काल घोषणा गरेकाे छ ।
क्यालिफोर्नियाको राजधानी साक्रामेन्ट नजिकको अस्पतालमा ७१ वर्षीय पुरुषको ज्यान गएपछि अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको छ ।
ज्यान गुमाउने व्यक्ति जापानको समुद्री तटमा रहेको डायमण्ड प्रिन्सेस क्रुज शिपमा रहेको बताइएको छ । जहाजमा यात्रा गरिरहेका केही व्यक्तिमा कोरोनाको सङ्क्रमण पाइएपछि जहाजलाई नै क्वारेन्टाइनमा राखिएको थियो ।
अमेरिकी राष्ट्रपति निवास तथा मुख्य कार्यालय ह्वाइट हाउसले कोरोनाको सङ्क्रमण बढ्दै गएपछि बुधबार देशव्यापी रुपमा नै परीक्षणलाई तीव्रता दिने बताएको छ ।
अमेरिकाको १६ राज्यमा कम्तीमा एक सय ५० जनामा कोरोनाको सङ्क्रमण देखिएको अधिकारीहरुले जनाएका छन् ।
विश्वभरि ९० हजारभन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । अहिलेसम्म ८४ देशमा फैलिसकेको कोरोनाका कारण तीन हजार दुई सयभन्दा बढीको ज्यान गइसकेको छ ।
चीनमा सङ्क्रमित र ज्यान गुमाउनेको सङ्ख्या घट्दै गए पनि चीनबाहिर भने यसको सङ्क्रमण र ज्यान गुमाउनेको सङ्ख्या बढिरहेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।