कम्युनिष्ट पार्टीको ‘वेबसाइट एकता’ चाहिँ कहिले ?

 जेठ ११, २०७५ शुक्रबार १४:३९:० | उज्यालो सहकर्मी
unn.prixa.net

जेठ ११ – एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी गठन भएको पनि हप्तादिन नाघिसक्यो । यसबीचमा सचिवालय, स्थायी र केन्द्रीय कमिटीलाई पूर्णता दिने काम भैसकेको छ । तीन महिनाभित्र सबै भ्रातृ संगठनको पनि एकीकरण गरिसक्ने तयारी छ ।

पार्टी एकीकरण भएपछिका यी गतिविधिमध्ये केहीलाई दुवै अध्यक्षको व्यक्तिगत वेबसाइटमा अपडेट गर्ने काम भएको छ । तर पार्टीको वेबसाइट चाहिँ तयार भैसकेको छैन । एकीकरण अघिका एमाले र माओवादी दुवैले आफ्ना इतिहास, गतिविधि र अरु धेरै दस्तावेज वेबसाइटमा राख्दै आएका थिए । दुवै पार्टीका नेताहरु सूचना प्रविधि र सामाजिक सञ्जालमा सक्रिय पनि हुँदै आएका छन् । तर पार्टी एकीकरणपछि एकीकृत स्वरुपको वेबसाइट बनाउन चाहिँ किन ढिलो त ?

‘वेबसाइटको डिजाइन बन्दैछ’ नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘अब केही दिनभित्रै सार्वजनिक गर्छौँ ।’ वेबसाइटको डिजाइनसँगै त्यहाँ राखिने विषयहरु संकलन गर्ने काम भैरहेको उहाँले जानकारी दिनुभयो ।

दुवै अध्यक्षका व्यक्तिगत वेबसाइट सक्रिय, तर परिचय अपडेट खै ?

पार्टी एकता हुनु पहिलेदेखि नै केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको व्यक्तिगत वेवसाइट सक्रिय छन् । पहिलेको माओवादी केन्द्रले त पार्टीको वेबसाइट नै अपडेट नगरेर प्रचण्ड र कृष्णसेन अनलाइनलाई सक्रिय बनाउँदै आएको थियो । अहिले पनि प्रचण्डको वेबसाइट http://cmprachanda.com/ सक्रिय छ । प्रचण्डको वेबसाइटमा पार्टी एकतापछिका गतिविधि पनि राखिएको छ ।

यस्तै प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिगत वेबसाइट http://kpsharmaoli.com.np/ पनि उत्तिकै सक्रिय छ । उहाँको वेबसाइटमा पनि कम्युनिष्ट पार्टी गठनपछिका गतिविधि र उहाँ आफ्नैको सम्बोधनबारेको समाचार राखिएको छ ।

दुवैको वेबसाइटमा समाचार अपडेट भए पनि नेताको परिचयमा भने अपडेट गरिएको छैन । तत्कालीन एमालेको वेबसाइट http://cpnuml.org/ मा चाहिँ पार्टी एकता अघिसम्मका गतिविधि मात्र अपडेट गरिएको छ ।

अन्तिम अपडेट: माघ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया