गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ - एनसेल मोबाइल इन्टरनेट प्रयोगकर्ताले मेन ब्यालेन्सबाटै सुलभ दरमा डाटा सेवाको फाइदा पाउने भएका छन् । एनसेलले सार्वजनिक गरेको नयाँ डाटा बोनस योजना मेन ब्यालेन्स अर्थात पे एज यू गोबाट चलाउँदा लाग्ने २ प्रति एमबी दर ८० प्रतिशतसम्म घट्ने भएको हो ।
याे याेजना मेन ब्यालेन्सबाटै डाटा सेवा प्रयोग गर्ने र अझ सुलभ दरमा डाटा सेवा प्रयोग गर्नका लागि प्याक सुविधा नलिने ग्राहकहरुलाई लक्षित रहेको छ । यो अफर आइतबारबाट सञ्चालनमा आउने छ । यो अफरमा डाटा सेवाका लागि जति मात्रामा मेन ब्यालेन्स खर्च हुँदै जान्छ, डाटा सेवाको शुल्क थप घट्दै जान्छ ।
यसरी प्राप्त हुने डाटा बोनस प्रगोग गर्नका लागि २ दिनको समयावधि रहनेछ । ग्राहकले पे एज यू गोअन्तर्गत पहिलो १० रुपैयाँ खर्च गरेपछि, प्रत्येक थप १० रुपैयाँ डाटामा खर्च गरे बापत २०/२० एमबी बोनस डाटा तत्काल प्राप्त गर्दै जानेछन् ।
यसैगरी ग्राहकले रु ३० ब्यालेन्स खर्च गर्छन भने बोनसको ५७ एमबीसहित कुल ६९ एमबी डाटा पाउनेछन् । यदि ग्राहकले मेन ब्यालेन्सको १०० रुपैयाँ डाटामा खर्च गर्दछन् भने मेन ब्यालेन्सबाट पाईने ३९.१६ एमबी र बोनस १९७ एमबीसहित कुल २३६ एमबी डाटा पाउनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।