सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – कोरोना भाइरस (काेभिड–१९) को सङ्क्रमण माल्दिभ्स र बङ्गलादेशमा पनि देखिएको छ ।
माल्दिभ्समा चार जनामा र बङ्गलादेशमा तीन जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
कोरोना भाइरसको उद्गमस्थल चीनको वुहान शहरमा भने नयाँ सङ्क्रमितको सङ्ख्या घट्न थालेको छ । तर अन्य देशमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको खबरमा बताइएकाे छ । चीनमा ४४ जना मात्र नयाँ सङ्क्रमित थपिएकाे चीन सरकारले जनाएको छ ।
चीनमा कोरोना भाइरसका कारण तीन हजार एक सय २० जनाको ज्यान गएको छ भने ५८ हजार सात सय २१ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
यस्तै चीनपछि दक्षिण कोरियामा कोरोना भाइरसको सङ्क्रमण बढेको छ । त्यहाँ अहिलेसम्म सात हजार चार सय ७८ जना सङ्क्रमित भएकाे र त्यसमध्ये एक सय ६६ जना उपचारपछि घर फर्किएका छन् ।
दक्षिण कोरियामा ५३ जनाको ज्यान गएको छ भने एक सय ६५ जना नयाँ बिरामी भेटिएका छन् । यस्तै इटलीमा तीन सय ६६ जनाको ज्यान गएको छ भने ६ सय २२ जना उपचारपछि घर फर्किएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।