सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले विद्रोही १५ सय जना तालिबानी कैदीलाई रिहा गर्न स्वीकृति दिएका छन् ।
अशरफ घानीले स्वीकृति दिएसँगै रिहा हुन लागेका कैदीहरुले १५ दिनभित्र अब कुनै पनि युद्धमा सहभागी नहुने लिखित प्रतिबद्धता जनाउनुपर्ने भएको छ । तालिबानले आफ्नो नियन्त्रणमा रहेका एक हजार सरकारी व्यक्ति रिहा गर्न सहमति जनाइसकेको छ ।
अमेरिका र तालिवानबीच भएको शान्ति सम्झौतामा अफगान सरकारले विद्रोही कैदी र तालिबानले आफ्नो नियन्त्रणमा रहेका सरकारी व्यक्ति छाड्ने सहमति पनि भएकाे थियो ।
सुरुमा अफगान राष्ट्रपति घानीले विद्रोही कैदी नछाड्ने बताएको भए पनि दोस्राे कार्यकालका लागि सपथ लिएपछि कैदी छाड्न सहमति जनाएका हुन् । सम्झौताअनुसार अमेरिकाले मङ्गलबारदेखि नै आफ्ना सैनिका फिर्ता लैजाने काम सुरु गरेको छ ।
अफगान सरकार र तालिबानबीच कैदीबन्दी रिहाइको लागि निरन्तर वार्ता हुने र वार्तामा प्रगति भएमा हरेक दुई हप्तामा पाँच सयलाई रिहा गर्ने अफगान सरकारले जनाएको छ । पछिल्ला प्रगतिहरुले अफगानिस्तानमा लामो समय चलेको युद्ध शान्तिमा परिणत हुने आशा गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।