सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डौ – रुसको संसद्ले देशको संविधान संशोधन प्रस्तावलाई स्वीकृति दिएसँगै राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल अरु १२ वर्ष थप्न बाटो खुलेको छ ।
पुटिन सन् २०३६ सम्म राष्ट्रपति बन्ने सम्भावना प्रबल बनेको छ । पुटिन अहिले ६७ वर्षका छन्, उनी ८३ वर्षसम्म राष्ट्रपति बन्न सक्नेछन् ।
सैन्य क्षमतामा विश्वको दोस्रो शक्तिशाली देश रुसको यो संविधान संशोधन प्रस्ताव विश्वको दोस्रो आर्थिक महाशक्ति देश चीनमा सी जिन्पिङ जीवनभरका लागि राष्ट्रपति बन्नका लागि भएको प्रस्ताव जस्तै देखिन्छ ।
रुसमा पुटिनको कार्यकाल लम्बिनु भनेको अमेरिकामाथि दबाब बढ्ने निश्चित छ ।
रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनको दोस्रो कार्यकाल सन् २०२४ मा पूरा हुँदैछ । रुसको संवैधानिक व्यवस्थाका अनुसार एक व्यक्ति धेरैमा दुई कार्यकालका लागि राष्ट्रपति बन्न सक्छ ।
तर बुधबार रुसको संसद्को तल्लो सदन ड्युमाले एक प्रस्ताव पारित गर्दै पुटिनलाई सन् २०३६ सम्म राष्ट्रपति बन्न पाउने प्रस्तावलाई स्वीकृत गरेको हो । यो प्रस्तावको समर्थनमा ३८३ मत खस्दा विपक्षमा एक मत पनि खसेन । ४३ जना सदस्यले मतदानमा भाग लिएनन् भने २४ सदस्य सदनको कारबाहीमा अनुपस्थित रहे ।
यसको केही घण्टापछि एक सय ७० सदस्य रहेको उच्च सदन फेडरल काउन्सिलले पनि यो प्रस्ताव पारित गर्याे । यो प्रस्तावको समर्थनमा एक सय ६० मत खस्दा विपक्षमा एक मत पनि खसेन । तीन जना सदस्यले मतदानमा भाग लिएनन् ।
यो प्रस्तावको अनुसार पुटिनको राष्ट्रपति पदको पछिल्लो सबै कार्यकाललाई शून्य घोषित गरिदिएको छ तर अन्य कुनै व्यक्तिका लागि बढीमा दुई पटकसम्म राष्ट्रपति बन्न पाउने संवैधानिक प्रावधान यथावत नै छ ।
प्रस्ताव पारित भएसँगै ड्युमाका सभामुख याचेस्लाव वोलोदिनले भने, ‘देशको विकास र मजबुतीका लागि पुटिन राष्ट्रपति बन्नु जरुरी छ । यही कारणले राष्ट्रको हितमा ड्युनाले प्रस्तावलाई मञ्जुरी दिएको हो ।’
गएको जनवरी महिनामा पुटिनले संवैधानिक व्यवस्था संशोधनको घोषणा गरेपछि प्रधानमन्त्री दिमित्री मेदवेदेवले राजीनामा दिएका थिए । पुटिनले त्यस समय आफू सन् २०२४ पछि राष्ट्रपति बन्न नचाहेको पनि बताएका थिए ।
तर अब सन् २०२४ पछि पुटिन दुई कार्यकाल (१२ वर्ष) सम्मका लागि राष्ट्रपति बन्ने बाटो खुलेको छ । यद्यपि पुटिन सोभियतकालीन नेतृत्व परम्पराको विरोधी हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।