काेराेनाकाे सङ्क्रमण राेक्न अमेरिकाले बेलायत बाहेकका युराेपेली देशबाट हुने यात्रामा प्रतिबन्ध लगायाे

 फागुन २९, २०७६ बिहीबार ८:३१:१० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकाले कोरोना भाइरस (काेभिड–१९) को सङ्क्रमण फैलनबाट रोक्न युरोपबाट अमेरिकामा गरिने सबै यात्रामा प्रतिबन्ध लगाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबारदेखि ३० दिनसम्म लागु हुने गरी युरोप–अमेरिका यात्रामा प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् । यो कडा र अत्यावश्यक प्रतिबन्ध बेलायतमा भने लागु नहुने राष्ट्रपति ट्रम्पले बताएका छन् । 

बेलायतमा चार सय ५६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने आठ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट ३८ जनाको ज्यान गएको छ भने एक हजार तीन सय २२ जनामा सङ्क्रमण भएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरस विश्वभरको दुस्मन भएको भन्दै यसलाई चाँडो नियन्त्रण गर्नुपर्नेमा जाेड दिएका छन् । नयाँ सङ्क्रमण रोक्नकै लागि युरोपसँगको यात्रामा प्रतिबन्ध लगाउनु परेको ट्रम्पले बताए । 

युरोपको इटली, फ्रान्स, स्पेन, जर्मनी, स्वीजरल्याण्ड, नर्वेलगायतका देशमा कोरोनाको सङ्क्रमण तीव्र बनेको छ । 

साथै भारतीय स्वास्थ्य मन्त्रालयले बुधबार एक महत्त्वपूर्ण बैठकमा कोरोना भाइरसकाे  सङ्क्रमण राेक्नकाे लागि आउँदाे १५ अप्रिलसम्म सबै भिसा निलम्बित गर्ने फैसला गरेकाे छ । 

स्वास्थ्य मन्त्री डा. हर्ष वर्धनकाे अध्यक्षतामा बसेकाे बैठकमा कोरोना  भाइरसकाे सङ्क्रमण फैलन नदिन र बच्नका लागि विभिन्न उपायका बारेमा छलफल भएकाे थियाे । 

बैठकमा १५ अप्रिलसम्म राजनीतिक, सरकारी, संयुक्त राष्ट्र तथा अन्य अन्तर्राष्ट्रीय संस्थाहरु, एम्प्लयमेन्ट र प्रोजेक्ट भिसा बाहेक अरु सबै प्रकारकाे भिजा निलम्बित गर्ने फैसला गरेकाे हाे । 

साथै ओसीआई कार्डधारकहरु (प्रवासी भारतीय नगरिकों) लाई दिइने भिसामुक्त यात्राकाे सुविधामा पनि १४ अप्रिल २०२० सम्म प्रतिबन्ध लगाइएकाे छ । 

याे प्रतिबन्ध सबै विमानस्थल र बन्दरगाहमा १३ मार्च २०२० काे मध्यरातदेखि लागु हुनेछ । 

भारतमा अहिलेसम्म ६० जनामा काेराेनाकाे सङ्क्रमण देखिएकाे छ । 

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया