काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डौ - एनआईसी एसिया बैंकले क्यू आर कोड स्क्यान गरी कारोबार गर्ने ग्राहकलाई लक्षित गर्दै नयाँ योजना ल्याएको छ । बैंकले जति धरै स्क्यान एन्ड पे, त्यति धेरै पैसा योजना अर्न्तगत नगद उपहारको अफर ल्याएको हाे ।
योजना अवधिभर ग्राहकले १५ हजारदेखि १५ सय रूपैयाँसम्म नगद प्राप्त गर्न सक्नेछन् । लक्की ड्र मार्फत पाँच जना भाग्यमानी ग्राहकले एक वर्षको लागि निःशुल्क इन्टरनेट प्याकेज प्राप्त गर्न सक्नेछन् ।
याे याेजनामा सहभागी हुन याेजनाअनुसार २०७६ चैत १ देखि एक महिनासम्म मोबाइल बैंकिङमार्फत कारोबार गर्नुपर्ने बैंकको प्रमुख शर्त रहेको छ ।
योजनाले ग्राहकलाई डिजिटल बैंकिङ्गप्रति आकर्षित गर्ने बैंककाे विश्वास छ । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नुका साथै नेपाल सरकारको ‘डिजिटल नेपाल २०२०’ को लक्ष्यलाई समेत टेवा पुर्याउने बैंकले विश्वास लिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
dinesh khatri
March 14, 2020, 12:51 a.m.Ramro lago yo system verry good