सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – कोरोना भाइरस (काेभिड–१९) का कारण भारतमा थप एक जनाको ज्यान गएको छ ।
महाराष्ट्रमा ६४ वर्षीय वृद्धको ज्यान गएसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको छ । दुबईबाट फर्किएका वृद्धको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । योसँगै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) देशमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ ।
यसअघि साेमबार पाकिस्तानमा कतारबाट फर्किएका ३१ वर्षीय युवाको ज्यान गएको थियो । नेपाल रहेको सार्कका आठ सदस्य देशमा अहिलेसम्म तीन सय ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण भएकाे छ भने २१ जना उपचारपछि निको भएका छन् । ३ सय ६१ जनाको उपचार भइरहको छ ।
यसैबीच भारतले कोरोना भाइरसको सङ्क्रमण बढेपछि ताजमहल बन्द गर्ने घोषणा गरेको छ । दैनिक ७० हजार मानिस पुग्ने गरेको ताजमहलमा कोरोना फैलिने जोखिम बढेको भन्दै बन्द गर्ने निर्णय गरिएको भारतको संस्कृति मन्त्रालयले जनाएको छ ।
भारतमा मात्रै एक सय २९ जनामा कोरोना पुष्टि भएको छ । १३ जना निको भएका र एक सय १३ जना उपचाररत छन् ।
यस्तै अमेरिकामा थप सात जनाको र दक्षिण कोरियामा थप ६ जनाको ज्यान गएको छ । मध्य एसियाको काजकिस्तानमा दुई वर्षीया बालिका सहित तीन जनामा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।