च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ - बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी सर्वाधिक कमाइ गर्ने खेलाडीको पहिलाे स्थानमा परेका छन् । मेस्सी सन् २०१९ मा सर्वाधिक कमाइ गर्ने विश्वका ५० खेलाडीमध्ये शीर्ष स्थानमा परेका हुन् । उनले गएको वर्ष झण्डै १२७ मिलियन युराे कमाइ गरेका छन् ।
यस्तै, पोर्चुगल तथा युभेन्टसका खेलाडी क्रिस्टियानो रोनाल्डो सर्वाधिक कमाइ गर्ने खेलाडीको दोस्रो स्थानमा परेका छन् । उनले २०१९ मा झण्डै १०९ मिलियन युराे कमाएको एक सर्वेक्षणले देखाएकाे छ ।
पीएसजीका स्टार नेयमारले सन् २०१९ मा झण्डै १०५ मिलियन युराे कमाएर तेस्रो स्थानमा रहेका छन् भने म्यानचेस्टर युनाइटेडका पोग्वा ४४ औँ स्थानमा छन् । उनले ३३ मिलियन युराे कमाइ गरेको बताइएको छ ।
बार्सिलोनाका पूर्व खेलाडी इनिइस्टा सूचीको ४६ औँ स्थानमा रहेका छन् । उनले ३२ मिलियन युराे कमाइ गरेकाे सर्वेक्षणले देखाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।