संसदमा काेराेना सतर्कता : सांसदको ज्वरो नापियो

 चैत ६, २०७६ बिहीबार १७:३८:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय सभाका सदस्यहरुको शरीरकाे तापक्रम मापन गर्न सुरु गरिएकाे छ । काेराेना भाइरसकाे सङ्क्रमणलाई मध्यनजर गर्दै सांसदहरुकाे ज्वराे नाप्न सुरु गरिएको हो ।

बिहीबार राष्ट्रियसभाको बैठक बस्नुअघि संसद भवन बाहिर सांसदहरुको शरीरकाे ज्वराे नापिएकाे हाे । सांसदहरुलाई स्यानिटाइजरले हात धोएर मात्रै संसद भवन भित्र प्रवेश गर्न दिइएको थियो ।

राष्ट्रियसभा सदस्य रमेशजङ्ग रायमाझीले सरकार आफैँले गरेको निर्णय कार्यान्वयन नहुँदा जाँच गरेर मात्रै संसदभित्र छिर्नुपर्ने अवस्था आएको बताउनुभयो।

सरकारले जनतालाई आतंकित बनाउने निर्णयहरु गर्ने तर कार्यान्वयन नगर्ने उहाँले बताउनुभयो । सरकारी निर्णयले कालोबजारी व्यापक बनेको आरोप उहाँको छ।

सरकारले एकै ठाउँमा २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिए पनि राष्ट्रिय सभा बैठक भने सञ्चालन भएको छ । सरकारी निर्णय सरकारी तहबाटै कार्यान्वयन नभएको भन्दै आलोचना भइरहेको छ । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया