भारत र चीनतर्फका सबै सीमानाका एक हप्ता बन्द गर्ने सरकारकाे निर्णय

 चैत ९, २०७६ आइतबार २०:५७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक सातासम्म बन्द गर्ने निर्णय गरेको छ ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले दुवै देशतर्फका सीमा नाका साेमबार बिहान दश बजेदेखि लागू हुनेगरी एक हप्तासम्म बन्द गर्ने निर्णय गरेको हो । 

कोरोनाको संक्रमण फैलिने जोखिम बढेपछि शनिबार बसेको कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकमा मन्त्रीहरुले एकतर्फी रुपमा भारतसँगकाे सीमा नाका बन्द गर्नुपर्ने विचार राखेका थिए ।

भारतले आइतबार मध्यरातिबाट लागू हुनेगरी अन्तरप्रदेश बस सेवा र रेल्वे बन्द गर्ने निर्णय गरेलगत्तै नेपालमा आइतबार साँझ  बसेकाे मन्त्रिपरिषद बैठकले एक साताका लागि चीन र भारततर्फका सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।

अन्तिम अपडेट: माघ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया