सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डौ – कोरोना भाइरस (कोभिड १९) को बढ्दो सङ्क्रमणलाई ध्यानमा राख्दै भारतमा २१ दिने लकडाउनको घोषणा गरिएको छ ।
यसैबीच दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मङ्गलबार निर्माण कार्यमा संलग्न मजदुरलाई लिएर महत्त्वपूर्ण घोषणा गरेका छन् । कोरोना भाइरसको सङ्क्रमणका कारण निर्माण कार्यमा संलग्न मजदुरहरुको जीविका प्रभावित भएको केजरीवालले बताए ।
यस्तो अवस्थामा दिल्ली सरकारले प्रत्येक मजदुरलाई पाँच–पाँच हजार भारु दिने बताएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले देशभर २१ दिने लकडाउनको घोषणा गरेका थिए, जसमा अरविन्द केजरीवालले ट्वीट गरेका छन् ।
केजरीवालले ट्वीटमा भने, ‘कोरोना भाइरसको सङ्क्रमण रोक्न प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गर्नुभएको लकडाउन निकै आवश्यक छ । आउँदो तीन हप्तासम्म कुनै आवश्यक वस्तुको सप्लाइमा कमी आउन दिनेछैन । यो मश्किल समयमा हामी तपाईँहरुको सबै आवश्यकताको ख्याल राख्नेछौँ ।’
दिल्ली सरकारको यो घोषणापछि झण्डै ४६ हजार मजदुरलाई फाइदा हुने बताइएको छ ।
साथै दिल्लीमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको नयाँ सङ्क्रमण नदेखिएको मुख्यमन्त्री केजरीवालले जानकारी दिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।