इटलीमा अनावश्यक घरबाहिर निस्किए ४ लाख रुपैयाँ जरिबाना

 चैत १२, २०७६ बुधबार १६:७:९ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण फैलिने क्रम बढेसँगै इटली सरकारले थप कडाइ गरेको छ । 

मङ्गलबार राति देशको नाममा सम्बोधन गर्दै इटलीका प्रधानमन्त्री जिजेज्पी कोन्टेले बुधबारदेखि बिना कारण घरबाहिर निस्किनेले तीन हजार युरो जरिबाना तिर्नुपर्ने बताएका छन् । यो रकम तीन लाख ९७ हजार तीन सय ३८ नेपाली रुपैयाँ हुन आउँछ । 

यसअघिसम्म यो जरिबाना रकम दुई सय ६ युरो थियो । प्रधानमन्त्री कोन्टेले यसअघि बिना कारण निस्किने कार र अन्य सवारीसाधन जफ्त गर्न प्रहरीलाई आदेश दिएको भन्ने कुराको खण्डन पनि गरे । 

उनले खाद्य र पेट्रोल आपूर्तिमा कुनै कमी नआउनेमा जोड दिएका छन् । 

साथै प्रधानमन्त्री कोन्टेले आउँदो ३१ जुलाईसम्म लगाइएको आपत्कालअघि नै मानिसहरु सामान्य अवस्थामा फर्कनेमा विश्वस्त पारे । 

६ महिने लामो आपत्काल लगाइनुको मतलब मानिसहरुमाथि पनि प्रतिबन्ध लगाइराख्नु नभएको उनले प्रस्ट पारे । अवस्था सामान्य हुन सुरु भएसँगै प्रतिबन्ध पनि हट्दै जाने उनले विश्वास दिलाए । 

इटलीको सबैभन्दा बढी कोरोना प्रभावित इलाका लम्बार्डीका नागरिकलाई घरबाट दुई सय मिटरभन्दा टाढा कुकुर डुलाउन लैजान प्रतिबन्ध लगाइएको छ । इटलीमा देखिएको कोरोना भाइरस सङ्क्रमणको ५० प्रतिशतभन्दा बढी हिस्सा लम्बार्डीले ओगटेको छ । 

साथै कोही व्यक्ति घरबाट निस्किएर कुनै भिडको हिस्सा बन्छ भने उसलाई पाँच हजार युरोसम्मको जरिबाना हुनसक्ने जनाइएको छ ।    

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया