कोरोनाको सङ्क्रमणबाट स्पेनकी राजकुमारीको निधन

 चैत १६, २०७६ आइतबार ६:६:५२ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट स्पेनकी राजकुमारीको निधन भएको छ । ८६ वर्षीया राजकुमारी मारिया टेरेसाको कोरोना भाइरसका कारण निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

स्पेनको बोउरबोन–पर्मा राजकीय परिवारकी सदस्य टेरेजाको कोरोनाका कारण निधन भएको युवराज सिक्टस हेनरीले पुष्टि गरेका छन् । टेरेजाको जन्म सन् १९३३ जुलाई २८ मा फ्रान्सको पेरिसमा भएको थियो । उनको निधनपछि स्पेनमा राष्ट्रिय शोकको घोषणा गरिएको छ । 

पछिल्लो २४ घण्टामा स्पेनमा कोरोना सङ्क्रमित आठ सय ४४ जनाको ज्यान गएको छ । स्पेनमा अहिलेसम्म पाँच हजार ९ सय ८२ जनाको ज्यान गएको छ भने ७३ हजार दुई सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

यसैबीच विश्वका एक सय ९९ देश र अरु दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या झण्डै ३१ हजार पुगेको छ । अहिलेसम्म ६ लाख ६२ हजार चार सय दुई जना संक्रमित भएकामा ३० हजार आठ सय २६ जनाको ज्यान गएको वल्डोमटिरले जनाएको छ । 

एक लाख ४१ हजार चार सय ६५ जना भने उपचारपछि निको भएका छन् । त्यस्तै चार लाख ९० हजार एक सय ११ जनाको भने उपचार भइरहेको छ । 

अहिलेसम्म सबैभन्दा धेरै इटलीमा १० हजार २३ जनाको ज्यान गएको छ भने अमेरिकामा एक लाख २३ हजार दुई सय ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

अन्तिम अपडेट: पुस १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया