पुलिसलाई हराउँदै आर्मीले जित्यो इन्डो–नेपाल भलिबलको उपाधि
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – 'लकडाउन'को साताैँ दिन सोमबार पनि अत्यावश्यक बाहेकका गाडी चलाउन रोक लगाइएको छ । यस्तै लकडाउनको उल्लङ्घन गरी घरबाहिर निस्कनेलाई प्रहरीले केही समय नियन्त्रणमा लिएर छाडेको छ ।
सोमबार बिहानै काठमाण्डौबाट ६ सय ५४ जना, ललितपुरबाट ६८ जना र भक्तपुरबाट १८ जना गरी सात सय ४० जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुलाई केही समय नियन्त्रणमा लिएर जताबाट आएको उतै फर्काइएको छ ।
यसैगरी प्रहरीले सोमबार बिहानै ८४ वटा गाडीलाई पनि नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको गाडी बेलुकीमात्रै छाडिनेछ ।
विश्वव्यापी रुपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) काे सङ्क्रणबाट बच्न सरकारले गएकाे मङ्गलबारदेखि साताव्यापी लकडाउन घाेषणा गरेकाे थियाे । काेराेनाकाे सङ्क्रमण फैलिरहेकाेले साेमबार बसेकाे बैठकले थप आठ दिन लकडाउनलाई निरन्तरता दिने निर्णय गरेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।