बालबालिकालाई पनि काेराेनाको बारेमा सकारात्मक जानकारी दिन विज्ञकाे सुझाव

 चैत २४, २०७६ सोमबार ८:४६:४७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – बालबालिकालाई पनि काेराेना भाइरस (कोभिड १९) को बारेमा जानकारी गराउनुपर्नेमा विज्ञले जोड दिएका छन् । बालबालिकाहरुलाई अहिले विश्वभरि के भइरहेको छ, सकारात्मक तरिकाले जानकारी दिएर कोरोना के गर्दा सर्छ अनि यसबाट बच्न के गर्नुपर्छ भन्नेबारेमा बताउनुपर्नेमा विज्ञले जोड दिएका हुन् ।

परिवारमा ठूला व्यक्तिको कुरा सुनिसकेपछि उनीहरुले नै कोरोनाबाट बच्ने उपाय भन्ने र कार्यान्वयन गर्ने गरे फाइदा हुने बेलायतले गरेको अध्ययनले देखाएको हो । कोरोनाको सङ्क्रमण रोक्नको लागि साबुन पानीले राम्ररी हात धुने, आफ्नो आसपासको ठाउँ सफा राख्ने र व्यक्तिगत दुरी कायम गर्ने गर्नाले कोरोनाको सङ्क्रमणबाट बच्न सकिने देखिएको छ ।

यस्तै बाहिरी सतहमा छोएपछि साबुन पानीले हात नधाेइकन हातलाई मुख, नाक वा आँखामा लैजानु हुँदैन । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाले कोभिड १९ बाट बच्चालाई बचाउन विभिन्न उपाय निकालेको छ । यस्तै बच्चालाई बच्ने उपाय कार्यान्वयन गर्न लगाउँदा घरका जोखिममा रहेका व्यक्तिलाई पनि बचाउन सकिने अध्ययनको निष्कर्ष छ ।

कोरोनाको जोखिममा युवाको तुलनामा वृद्धवृद्धा धेरै रहेको पाइएको छ । यस्तै हिँडडुल गर्ने बच्चाभन्दा काखे शिशु कोरोनाको जोखिममा रहेकाले उनीहरुको विशेष ख्याल गर्न पनि अध्ययनले सुझाव दिएको छ । काखे शिशुको रोगसँग लड्ने क्षमता कम भएकाले उनीहरु हिँडडुल गर्ने बच्चाको तुलनामा जोखिममा रहेका हुन् । 

अन्तिम अपडेट: पुस २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया