सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – काेराेना भाइरस (काेभिड १९) ले महामारीको रूप लिन लागेको भन्दै भारतको मन्त्रिपरिषद्ले प्रधानमन्त्री नरेन्द्र मोदी सहित सबै मन्त्री र राज्यमन्त्रीको तलब ३० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ ।
यसका साथै राष्ट्रपति, उपराष्ट्रपति र राज्यपालले पनि एक वर्षसम्मको तलब ३० प्रतिशत कम लिने निर्णय गरेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
राष्ट्रपति, उपराष्ट्रपति र राज्यपालले भने यो निर्णय स्वैच्छिक गरेकाे खबरमा उल्लेख छ । यो रकम केन्द्र सरकारले कोभिडविरुद्धको अभियानमा खर्च गर्नेछ । यो अभियानमा केन्द्र सरकारले सांसदको तलब पनि ३० प्रतिशतले घटाउने निर्णय गरेको छ ।
त्यसैगरी आउँदो दुई वर्षका लागि संसदीय क्षेत्र विकास कार्यक्रमअन्तर्गत उपलब्ध हुने रकम पनि कटौती भएको केन्द्रीय मन्त्री प्रकाश जावडेकरले जानकारी दिएका छन् ।
'याे कटाैती २०२० अप्रिल १ तारिखदेखि लागु हुनेछ र वर्ष २०२०-२०२१ सम्म रहनेछ । साथै उनीहरुले प्राप्त गर्ने भत्ता पनि कटाैती गरिनेछ', उनले भने ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।