सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – लकडाउन तथा व्यक्तिगत दुरी कायम गरिरहँदा पनि विश्वमा कोरोना भाइरस (काेभिड १९) सङ्क्रमणका घटनाहरु बढिरहेका छन् । यो महामारीसँग जोडेर भ्रम फैलाउने विभिन्न खबर पनि बढिरहेका छन् ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस देखिए यता त्यससम्बन्धी मिथ्या र भ्रामक खबर प्रकोपकै रुपमा फैलिरहेको चेतावनी दिँदै आएको छ । भ्रमपूर्ण खबरहरुले महामारी फैलन सहयोग पुग्ने भन्दै विश्व स्वास्थ्य सङ्गठनले चिन्ता पनि व्यक्त गरेको छ । थुप्रै देशमा कोरोनाबाट बच्ने जानकारी भन्दै कैयौँ खबरहरु भाइरल भएका छन् ।
त्यसमध्ये केहीको वास्तविकता परीक्षण गरी बीबीसीले खबर प्रकाशन गरेको छ । बीबीसीले अफ्रिकीहरूमा खोपको परीक्षण कतै नभएको भन्दै यससम्बन्धी खबरमा कुनै सत्यता नभएको बताएको छ । पश्चिमाहरुले सुरक्षित छ वा छैन भन्दै जाँच्न अफ्रिकामा परीक्षण सुरु गरेको खबर भाइरल भइरहेको छ ।
यस्तै सामाजिक सञ्जालमा छालाको रङ्ग भएकाहरुका कोरोना प्रतिरोधी क्षमता हुने दाबी गरिएको खबर भाइरल भइरहेको छ । त्यसमा पनि कुनै सत्यता नपाइएको बीबीसीले जनाएको छ ।
विभिन्न देशमा कालो चिया पिएमा कोरोना नलाग्ने सुझाव पनि भाइरल भइरहेका छन् तर स्वस्थ हुन शरीरमा पानीको मात्रा पर्याप्त हुनु महत्त्वपूर्ण भए पनि कालो चिया पिउँदा दाबी गरिएको जस्तो कोरोना भाइरसलाई निको नपार्ने बीबीसीले जनाएको छ । विभिन्न देशमा मरिच पानीले कोरोना निको पार्ने सुझाव पनि आइरहेकोले त्यसमा पनि कुनै वैज्ञानिक आधार भेटिएको छैन ।
नाइजेरियामा नै एक धर्म प्रचारकले मरिचको उमालेको झोल पिउँदा त्यसले कोरोना भाइरसलाई निको बनाउने दाबी गरेका थिए । कोरोना भाइरस निको पार्न सक्ने दाबी गर्दै आएका धर्म प्रचारक पनि मिथ्या खबरका स्रोत बनेकाे बीबीसीले जनाएको छ ।
यस्तै कोरोनाभाइरसबाट जोगिन दाह्री काट्नुपर्छ भन्ने सुझाव पनि मिथ्या भएको पाइएको छ । यस्तै फाइभ जी प्रविधिले कोरोना भाइरसको सङ्क्रमण सार्न भूमिका खेल्छ भन्ने दाबी गरिएका प्रचारहरूको वैज्ञानिक समुदायले भर्त्सना गरिरहेका छन् ।
संसारभरिका वैज्ञानिकहरूले सम्भावित खोपबारे अध्ययन गरिरहेका छन् र अहिलेसम्मको अपेक्षा अर्को वर्षको मध्यभन्दा अघि कोरोनाविरुद्धको खोप तयार नहुने बीबीसीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।