काेभिड १९ : न्युयोर्कमा एकैदिन ज्यान गुमाउनेको सङ्ख्या अहिलेसम्मकै धेरै

 चैत २६, २०७६ बुधबार ९:१३:२५ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – पछिल्लो समय अमेरिकी शहर न्युयोर्क कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित भएको छ । न्युयोर्कमा भाइरसबाट सङ्क्रमित हुने र ज्यान गुमाउनेको सङ्ख्या लगातार बढिरहेको छ । 

मङ्गलबार एकैदिन न्युयोर्कमा सात सय ३१ जनाको ज्यान गएको छ । न्युयोर्कमा भाइरसको प्रकोप देखिएपछि एकैदिन ज्यान गुमाउनेको यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । योसँगै न्युयोर्कमा मात्रै भाइरसको सङ्क्रमणबाट पाँच हजार चार सय ९८ जनाको ज्यान गएको छ । 

न्युयोर्क राज्यका गभर्नर एण्ड्रयु कुमाले न्युयोर्कवासीहरुलाई मानिस मानिसबीचको दुरी कायम गर्न र घरभित्रै बस्न सचेत गराएका छन् । ‘हामीले यसलाई कडा रुपमा पालना गर्नुपर्छ किनकि जीवन यसमै निर्भर छ’, उनले भने ।

पछिल्लो दुई दिनयता न्युयोर्कमा सङ्क्रमित हुने र ज्यान गुमाउनेको सङ्ख्या घटिरहेको थियो । 

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट चार लाखभन्दा धेरै सङ्क्रमित भएका छन् भने १२ हजार आठ सय जनाको ज्यान गएको छ । सङ्क्रमितमध्ये २१ हजार तीन ६ सय ७४ जना निको भएका छन् ।  

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया