म्याग्दीको रुममा स्लेट तथा ढुङ्गा खानी उत्खनन गर्न पाइने
चैत २, २०८१ शनिबार
काठमाण्डौ – चीनको ग्वान्झाउबाट औषधि र मेडिकलजन्य सामग्री बोकेर नेपाल एअरलाइन्सका दुई वटै वाइडवडी जहाज नेपाल आइपुगेका छन् । एउटा जहाज बिहान ७ बजे र अर्को जहाज बिहान सात बजेर १५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
नेपालका निजी क्षेत्रले औषधि र उपकरण ल्याउनको लागि फ्लास फ्रेटले र साङ्ग्रिला फ्रेटले जहाज चार्टर्ड गरेका हुन् । यी जहाज बिहीबार ५ बजेर ५४ मिनेटमा साँझ पौने ६ बजे ग्वान्झाउको लागि उडेका थिए ।
एउटा जहाज ‘ओभरशुट’
सामान बोकेर आएको एउटा वाइडबडी जहाजले भने ओभरशुट गरेको छ । धावनमार्ग नजिकै पुगेको बेला पाइलटले ठम्याउन नसक्दा जहाजले ओभरशुट गरेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।
‘धावनमार्गमा टच हुन थालेको थियो तर पाइलट कन्फ्युज भएपछि जहाज ओभरशुट गराए, हवाइ उडानमा यसलाई सामान्य प्रक्रियाका रुपमा लिइन्छ ।’ ओभरशुट गरेको जहाज भीमफेँदी हुँदै निजगढमाथिको आकाशमा पुगेर फेरि विमानस्थलमा सफल अवतरण गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।