म्याग्दीको रुममा स्लेट तथा ढुङ्गा खानी उत्खनन गर्न पाइने
चैत २, २०८१ शनिबार
भक्तपुर - भक्तपुर नगरपालिकाले दत्तात्रय, च्याम्हासिंह, कमलविनायक र लान्चाफल्चालगायतका क्षेत्रमा सञ्चालित राँगोको मासु पसलका अनुगमन गरेको छ ।
नगरपालिकाको पसल अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा भएको अनुगमनमा अधिकांश मासु पसलले उपभोक्ता ठगी गरेको पाइएपछि तराजु जफत गरेको छ ।
कोभिड–१९ महामारी नियन्त्रण गर्न सरकारले लकडाउन घोषणा गरेको अवस्थामा मासु पसलेले मनपरी मूल्य लिइ कालोबजारी गरी राँगोको मासु महँगोमा बिक्री वितरण गरेको पाइएको पालिकाले जनाएको छ ।
अधिकांश मासु पसल न्यूनतम मापदण्ड नपुगेको पाइएपछि अधिकांश पसलका तराजु जफत गरिएको संयोजक राजकृष्ण गोराले जानकारी दिनुभयो ।
अनुगमनमा सालागणेश मिट सप, बालकुमारी कोल्ड स्टोर, रत्न शाहीको राँगोको मासु पसल, महिमा मिट सप, सुमन मिट सप दर्ता नवीकरण नगरेको, ढक तराजु नापतौल विभागमा नवीकरण नगरेको नराखेको पाएपछि ती सबै पसलको एक एक थान तराजु जफत गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।